2 weeks ago
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल युएईमा जारी एसिसी पुरुष यु-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
हङकङलाई आज १ सय १९ रनले पराजित गर्दै लगातार दोस्रो जितका साथ समूह विजेता बनेर नेपाल अन्तिम चारमा पुगेको हो।
जितको लागि २ सय ७१ रनको लक्ष्य पछ्याएको हङकङ ४०.५ ओभर मा अल आउट हुँदै १ सय ५ रनमा रोकियो। हङकङ विरूद्ध निरन्तर विकेट निकाल्दै नेपालले जितलाई सहज बनायो।
हङकङका शिव माथुरले सर्वाधिक ३० रन बनाए। जुडे लीले २२ रन तथा अब्दुल सामद खानले १९ रन जोड्दा अन्य ब्याटर क्रिजमा टिक्न सकेनन्।
बलिङमा अपराजित पौडेलले ३१ रन दिएर सर्वाधिक ४ विकेट लिए। यस्तै कप्तान अशोक धामीले २९ रन दिएर ३ विकेट झारे। दयानन्द मण्डल, सुशील बहादुर रावल र रोशन विश्वकर्माले समान १ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७० रन बनायो।
कप्तान अशोकको उत्कृष्ट अर्धशतकले टोलीलाई ठूलो स्कोर बनाउन मद्दत गर्यो। अशोकले ५१ बलमा ७३ रन बनाउँदा ३ चौका र ४ छक्का प्रहार गरे। इनिङसको अन्तिम बलमा उनी ड्यानियल म्यापको बलमा शिव माथुरबाट क्याच आउट भए।
ओपनर निराज कुमार यादव र वंश क्षेत्रीले पहिलो ६ ओभरमै ४१ रन जोडेर उत्कृष्ट सुरुआत दिलाए। त्यसपछि नेपालले ८ रनको अन्तरालमा २ विकेट गुमायो।
पहिलो खेलमा शतकीय इनिङ खेलेका निरजले आज २० बलमा २२ रन बनाउँदा ३ छक्का प्रहार गरे । निश्चल क्षेत्री ३ रनमै आउट भए। सिब्रिन श्रेष्ठ र विकेटकिपर दिलसाद अलीले चौथो विकेटका लागि ४७ रन जोडे।
३६ ओभरमा १ सय ६२ रन जोड्दा नेपालले ६ विकेट गुमाएको थियो। अशोक र दर्श सोनारले इनिङ्स सम्हाले। दुबैले सातौं विकेटका लागि १३ ओभरमा १ सय ८ रनको साझेदारी गरे। सोनार ५८ बलमा ४५ रन बनाउँदै अविजित रहे।
दिलसाद अलिले ३२, सिब्रिन श्रेष्ठले २५ र वंश क्षेत्रीले २४ रन जोडे । रोशन विश्वकर्माले २१ रन बनाउँदा २ चौका र १ छक्का प्रहार गरे।
हङकङका लागि ड्यानियल म्याप र अभिमन्यु गणेशनले समान २ विकेट लिए । प्रित के मंगुकिया र अफ्ताब हुसेनले समान १ विकेट झारे।
दुई दिनअघि पहिलो खेलमा नेपालले साउदी अरेबियालाई ८ विकेटले हराएको थियो। नेपालले फाइनल प्रवेशको लागि शनिवार मलेसियासँग खेल्नेछ। अर्को सेमिफाइनलमा घरेलु टोली संयुक्त अरब इमिराट्स (युएई) र ओमानबीच हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]