2 weeks ago
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो सिजनमा आज पनि दुई खेल हुँदैछन्।
काठमाडौं गोर्खाज र चितवन राइनोजबीच पहिलो खेल हुँदैछ। चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ रोजेका छन्।
करण केसीको कप्तानीमा रहेको काठमाडौंले पहिला ब्याटिङ गर्नेछ। काठमाडौंले यसअघि कै टोलीलाई निरन्तरता दिएको छ। चितवनले अमरसिंह राउटेलाको ठाउँमा रिजन ढकाललाई प्लेइङमा राखेको छ।
काठमाडौं र चितवन दुबै टोलीले पछिल्लो खेल जितेको छ। पछिल्लो खेलमा काठमाडौं कर्णाली याक्सलाई र चितवनले विराटनगर किङ्सलाई हराएको छ।
चितवनका ३ खेलमा २ जित र १ खेलमा हार बेहोरेको छ। काठमाडौंले समान २ खेलमा जित र हार भोगेको छ।
दुबैको समान ४ अंक हुँदा चितवन तेस्रो त काठमाडौं चौथो स्थानमा छ। शीर्ष दुईमा सुदुरपश्चिम रोयल्स र विराटनगर छन्। आज विराटनगर र कर्णालीबीच दोस्रो खेल हुनेछ।


December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]