default_image

2 weeks ago

November 28, 2025

काठमाडौंद्वारा चितवनलाई मध्यम लक्ष्य

351 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाजले‌ चितवन राइनोजलाई १ सय ४३ रनको चुनौती दिएको छ।‌

टियु क्रिकेट स्टेडियममा टस जितेर चितवनका कप्तान कुशल मल्लले बलिङ रोजे। पहिले ब्याटिङ गरेको काठमाडौंले १९.४ ओभरमा अल आउट हुँदै १ सय ४२ रनमा समेटियो।

खराब सुरुवात गरेको काठमाडौको लागि मिलिन्द कुमार र सिम्पसनले राम्रो साझेदारी गरे। तर त्यसपछि काठमाडौंले २३ बलमा २० रन जोड्दा ७ विकेट गुमायो।

काठमाडौंले कमजोर सुरुवात गर्यो। पहिलो पावर प्लेमा ३९ रन मात्र बनाउँदा टप अर्डरका ३ खेलाडीलाई गुमायो। दोस्रो ओभरको अन्तिम बलमा आकाश त्रिपाठी रन आउट भए। मात्र ४ रन बनाएका ओपनर आकाशलाई चितवनका विकेट किपर अर्जुन साउदले रन आउट गर्दा काठमाडौंले १४ रन बनाएको थियो।

वान डाउनमा क्रिजमा छिरेका रसिद खानलाई रन्जित कुमारले रबि बोपराद्वारा क्याच आउट गराए। ६ रन जोडेर रसिद आउट भए। ३ ओभरको समाप्तिमा ३ विकेटको नोक्सानीमा मात्र २० रन जोडेको थियो।

त्यसपछि पाँचौ ओभरमा अर्का बेन्स चार्लसवर्थ १४ बल खेल्दै १३ रनमा सोहेल तनबीर बलमा बोपराद्वारा नै क्याच आउट भए। तेस्रो विकेटको नोक्सानीमा २४ रन मात्र जोडेको काठमाडौंको टप अर्डरको प्रदर्शन निराशाजनक रहयो। १० ओभरको समाप्तिमा काठमाडौंले ५९ रन बनायो।

क्रिजमा रहेका दुई विदेशी मिलिन्द र जोन सिम्पसनले जिम्मेवारीपूर्ण ब्याटिङ गरे। यो क्रममा सिम्पसनले २६ औं सोहरल तनबीरको बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाए। उनले ३ चौका र ४ छक्का प्रहार गरे।

पाँचौ खेलमा काठमाडौंका कुनैपनि खेलाडीले प्रहार गरेको यो पहिलो अर्धशतक पनि हो। यसपछि सिम्पसन र मिलिन्दले चौथो विकेटको लागि ६८ बलबाट ९८ रनको महत्वपूर्ण साझेदारी रवि बोपराले तोडे।

४३ बल खेल्दै ४ चौका सहित ३८ रन जोडेर मिलिन्द आउट भए। उनी आउट हुँदा काठमाडौंले १६ ओभरको समाप्तिमा १ सय २२ रन बनाएको थियो।

मिलिन्द आउट भएपछि थप ११ रन जोड्ने क्रममा काठमाडौंले ६ विकेट गुमाउँदा काठमाडौं नराम्रोसँग धराशायी बन्यो। कप्तान कमल ऐरीले सिम्पसनको ठूलो विकेट झारे। २९ बलमा ३ चौका र ५ छक्का सहित ६० रनको पारी खेले।

१८ औं ओभरमा सोहेल ३ विकेट झार्न सफल रहे। जेराड इरासमस रनको खाता नखोली, आदिल ८ रनमा र सन्तोष यादव पनि रनको खाता नखोली आउट भए।

लगतै १९ औं ओभरको पहिलो बलमा रन्जित कुमारले १ रन बनाएका करण केसीलाई दीपेन्द्रद्वारा क्याच आउट गराए। ६ रन बनाएका दुपेश कँडेललाई कमलले आउट गरेसँगै चितवन काठमाडौंलाई अल आउट गर्न सफल रहयो।

बलिङमा सोहेलले ४ ओभरमा २५ रन दिएर ४ विकेट लिए। रन्जित र कमलले २/२ तथा १ विकेट झारे।चितवनका ३ खेलमा २ जित र १ खेलमा हार बेहोरेको छ। काठमाडौंले समान २ खेलमा जित र हार भोगेको छ।

दुबैको‌ समान ४ अंक हुँदा चितवन तेस्रो र काठमाडौं चौथो स्थानमा छ। शीर्ष दुईमा सुदुरपश्चिम रोयल्स र विराटनगर छन्। आज विराटनगर र कर्णालीबीच दोस्रो खेल हुनेछ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.