2 weeks ago
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाज तेस्रो जितका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
काठमाडौंले आज चितवन राइनोजलाई ५३ रनले हरायो। चितवनको यो दोस्रो हार हो। खराब ब्याटिङ चितवनको हारको कारण बन्यो।
जितको लागि १ सय ४३ रनको चुनौती पछाएको चितवन १७ ओभर २ बलमा अल आउट हुँदै ८९ रनमा समेटियो। सहज लक्ष्य पाएपनि चितवनले निराशाजनक सुरुवात गर्यो।
७ ओभरमा मात्र ३२ रन बनाएर ४ विकेट गुमायो। पजिलो ओभरको पाँचौं बलमा दीपक बोहरा कप्तान करण केसीको बलमा आउट हुँदा चितवनले रनको खाता समेत खोल्न सकेको थिएन।
चौथो ओभरमा अर्का ओपनर डविट मलान ७ रनमा मिलिन्द कुमारको बलमा इराामसद्वारा समातिए। त्यतिखेर टिमले १६ रन बनाएको थियो। लगत्तै सेफ जेव १ रनमा मिलिन्दकै बलमा र देव खनाल २१ रन जोडेर साहबको बलमा इरासमसद्वारा आउट भए। ४ विकेटको नोक्सानीमा ३२ रन बनाएको चितवन दबाबमा आयो।
चितवनलाई जितको लागि साझेदारी जरुरी थियो। तर चितवनका खेलाडी सम्हालिएर क्रिजमा टिक्न सकेनन्। कप्तान कुशल मल्ल ६ रनमा साहबको बलमा पबिलियन फर्किए। ९ ओभर २ बलमा ५ विकेट गुमाउँदा ४३ रन जोडेको चितवनलाई जितको लागि ६४ बलबाट १ सय रन आवश्यकता थियो।
तर लगत्तै अर्जुन साउद २ रनमा सन्तोष यादवको बलमा करणद्वारा क्याच आउट भए। ६ विकेटको नोक्सानीमा चितवनलाई ४६ रनमा रोक्दा काठमाडौंले खेलमा दबाब बनायो।
त्यसपछि भर गरिएका खेलाडी रबि बोपरा पनि २१ रनमा रसिद खानको बलमा आउट भए। यो सँगै चितवन हार नजिक पुग्यो। चितवनले १४ ओभर ५ बलमा ७ विकेट गुमाउँदा ७१ रन बनायो। अन्तिम ३१ बलमा ७२ रन जोड्नुपर्ने थियो।
आठौं विकेटको रुपमा सोहेल तनबीर १८ रनमा करणको बलमा बोल्ड आउट भए। चितवनले १ सय रन बनाउन नै संघर्ष गर्यो।
रसिद खानले १.२ ओभरमा ३ रन दिएर ३ विकेट लिए । मिलिन्द, करण, कमल र साहबले समान २ विकेट लिए। ४ ओभर बलिङ गर्दै मिलिन्दले १८ रन, करणले २३ र साहबले २६ रन दिए।
त्यसअघि टियु क्रिकेट स्टेडियममा टस जितेर चितवनका कप्तान कुशल मल्लले बलिङ रोजे। पहिले ब्याटिङ गरेको काठमाडौंले १९ ओभर ४ बलमा अल आउट हुँदै १ सय ४२ रनमा समेटियो।
खराब सुरुवात गरेको काठमाडौको लागि मिलिन्द र सिम्पसनले राम्रो साझेदारी गरे। तर यसपछि काठमाडौंले २३ बलमा २० रन ७ विकेट गुमायो।
काठमाडौंको पनि सुरुवात कमजोर रह्यो । पहिलो पावर प्लेमा ३९ रन मात्र बनाउँदा टप अर्डरका ३ खेलाडीलाई गुमायो।
दोस्रो ओभरको अन्तिम बलमा आकाश त्रिपाठी रन आउट भए। मात्र ४ रन बनाएका ओपनर आकाशलाई चितवनका विकेट किपर अर्जुन साउदले रन आउट गर्दा काठमाडौंले १४ रन बनाएको थियो।
वान डाउनमा क्रिजमा छिरेका रसिदलाई रन्जित कुमारले वोपाराद्वारा क्याच आउट गराए। ६ रन जोडेर रसिद आउट भए। ३ ओभरको समाप्तीमा ३ विकेटको नोक्सानीमा मात्र २० रन जोडेको थियो।
त्यसपछि पाँचौ ओभरमा अर्का बेन्स चार्लसवर्थ १४ बल खेल्दै १३ रनमा सोहेल तनबीरको बलमा बोपराद्वारा नै क्याच आउट भए। तेस्रो विकेटको नोक्सानीमा २४ रन मात्र जोडेको काठमाडौंको टप अर्डरको प्रदर्शन निराशाजनक रहयो। १० ओभरको समाप्तिमा काठमाडौंले ५९ रन बनायो।
क्रिजमा रहेका दुई विदेशी मिलिन्द र जोन सिम्पसनले जिम्मेवारीपुर्ण ब्याटिङ गरे। यो क्रममा सिम्पसनले २६ औं सोहरल तनबीरको बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाए। उनले ३ चौका र ४ छक्का प्रहार गरे।
पाँचौ खेलमा काठमाडौंका कुनैपनि खेलाडीले प्रहार गरेको यो पहिलो अर्धशतक पनि हो। यसपछि सिम्पसन र मिलिन्दले चौथो विकेटको लागि ६८ बलबाट ९८ रनको महत्वपूर्ण साझेदारी बोपराले तोडे।
४३ बल खेल्दै ४ चौका सहित ३८ रन जोडेर मिलिन्द आउट भए। उनी आउट हुँदा काठमाडौंले १६ ओभरको समाप्तिमा १ सय २२ रन बनाएको थियो।
मिलिन्द आउट भएपछि थप ११ रन जोड्ने क्रममा काठमाडौंले ६ विकेट गुमाउँदा काठमाडौं धराशायी बन्यो। कमल ऐरीले सिम्पसनको ठूलो विकेट झारे। २९ बलमा ३ चौका र ५ छक्का सहित ६० रनको पारी खेले।
१८ औं ओभरमा सोहेल ३ विकेट लिन सफल रहे। जेराड इरासमस रनको खाता नखोली, आदिल ८ रनमा र सन्तोष यादव पनि रनको खाता नखोली आउट भए।
१९ औं ओभरको पहिलो बलमा रन्जित कुमारले १ रन बनाएका करणलाई दीपेन्द्रद्वारा क्याच आउट गराए। ६ रन बनाएका दिपेश कँडेललाई कमलले आउट गरेसँगै चितवन काठमाडौंलाई अल आउट गर्न सफल रहयो।
बलिङमा सोहेलले ४ ओभरमा २५ रन दिएर ४ विकेट लिए। रन्जित र कमलले २/२ तथा १ विकेट लिए।
पाँचौं खेलमा काठमाडौंको यो तेस्रो जित हो। उसले ६ अंक बनाएको छ। चौथो खेल खेलेको चितवनको यो दोस्रो हार हो। उसको ४ अंक छ।
चितवनका ३ खेलमा २ जित र १ खेलमा हार बेहोरेको छ। काठमाडौंले समान २ खेलमा जित र हार भोगेको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]