default_image

2 weeks ago

November 28, 2025

विराटनगरलाई कर्णालीको चुनौतीपूर्ण लक्ष्य

548 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई १ सय ६१ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६० रन बनायो। ओपनर मार्क वाट तेस्रो ओभरको पाँचौं बलमा आउट भए। ६ रन बनाएका उनी मर्सान्ट डी लाङ्गेको बलमा जर्ज मुन्सेद्वारा क्याच आउट भए।

२३ रन जोड्दा पहिलो विकेट गुमाएपछि वान डाउनमा विलियम बसिस्टो क्रिजमा छिरे। बसिस्टोले २ रन बनाउँदा जीवनदान पाए। लाङ्गेले उनको क्याच ड्रप गरे। पहिलो पावर प्लेमा कर्णालीले ३७ रन जोड्यो।

बसिस्टो र प्रियांक पाञ्चाल क्रिजमा थिए। १० ओभरको समाप्तीमा कर्णालीले मात्र १ विकेट गुमाएर ६५ रन बनाउँदा विराटनगरका बलरहरू दबाबमा आए।

ओपनर प्रियंकले ४० बलमा ४ चौका र २ छक्का सहित अर्धशतक बनाए। जारी एनपिएलमा यो उनको दोस्रो अर्धशतक हो। यी दुईले दोस्रो विकेटको लागि ९६ रनको उत्कृष्ट साझेदारी गरे। यो साझेदारी तोड्न विराटनगरलाई ८२ बल नै कुर्नुपर्यो।

प्रतिशको बलिङमा प्रियांक विकेटकिपर साहिल पटेलद्वारा रन आउट हुन पुगे। उनले ४७ बलमा ६ चौका र २ छक्का सहित ६३ रन बनाए।

त् यसपछि गुल्सन झा क्रिजमा छिरे। गुल्सन १० बलमा २ चौका र १ छक्का सहित २० रन जोडेर सन्दीपको बलमा एलबिडब्लु धरापमा परे। गुल्सन आउट हुँदा टिमले १ सय ४६ रन बनाएको थियो। २ रनमा जीवनदान पाएका बसिस्टो अवजित ४८ रनमा रहे। उनले ४८ बलमा २ चौका प्रहार गरे।

बलिङमा विराटनगरले उत्साहजनक प्रदर्शन गर्न सकेन। मर्सान्ट र सन्दीपले १/१ विकेट लिए।

कर्णालीले आज प्लेइङ ११ मा १ र विराटनगरले ३ खेलाडी परिवर्तन गरेको छ। कर्णालीका अर्जुन घर्तीको स्थानमा दीपक डुन्रेलाई स्थान दिइएको छ।

विराटनगरका सुर्य तामाङ, नरेन भट्ट र शुभम रञ्जानेको स्थानमा साहिल पटेल, सुबाश भण्डारी र शरहान जयसुर्यालाई खेलाइएको छ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.