2 weeks ago
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विराटनगर किङ्सले अत्यन्त रोमाञ्चक खेलमा कर्णाली याक्सलाई ३ विकेटले हराएको छ।
विराटनगरको जितमा बसिर अहमदको प्रदर्शन निर्णायक बन्यो। विराटनगरको यो चौथो जित हो र प्ले अफ संभावना निकै मजबुत बनेको छ। कर्णालीको यो तेस्रो हार हो।
जितको लागि १ सय ६१ रनको चुनौती पछ्याएको विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। विराटनगरले खराब सुरुवात गर्यो।
पहिलो पावर प्लेमा ३५ रन जोड्दा टप अर्डरका ३ खेलाडी आउट भए। जर्ज मुन्से रनको खाता नखोली पवन सर्राजको बलमा विकेट किपर दीपक डुम्रेद्वारा क्याच आउट भए। जारी एनपिएलमा दीपकको यो पहिलो खेल हो। शुभम रञ्जने अब बाँकी खेल नखेल्ने भएको कारण दीपकलाई जिम्मेवारी दिइएको हो।
अर्का ओपनर लोकेश बम ६ रनमा विलियम बसिस्टोद्वारा र १६ रन बनाएका साम हेजललेट सोमपाल कामीको बलमा आउट भए। ३ विकेटको नोक्सानीमा २९ रन जोड्दा कर्णालीलाई राम्रो साझेदारी जरुरी थियो। क्रिजमा साहिल पटेल र बसिर अहमद थिए। रनको खाता नखोल्दा साहिलले जीवनदान पाए। गुल्सनले क्याच ड्रप गरे।
१० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५६ रन बनाएको विराटनगरलाई जितको लागि ६० बलबाट १ सय ५ रन जोड्नुपर्ने थियो।
१२ औं ओभरमा गुल्सन झाले २ विकेट लिए। १९ रन बनाएका साहिल पटेल र मर्सान्ट डि लाङ्गेलाई २ रनमा पबिलियनको बाटो देखाईदिए। १२ ओभरको समाप्तिमा विराटनगरले ५ विकेट गुमाउँदै ६५ रन मात्र बनाएको थियो।
खेलको १६ औं ओभरमा २ छक्का र १ चौका सहित विराटनगरले १९ रन जोड्यो। १७ औं ओभरको दोस्रो बलमा सोमपालको बलमा नरायाण जोशी बसिस्टोले क्याच गरे। यो नो बल थियो। योसँगै खेल रोमाञ्चक बन्यो। बसिर अहमदले अर्धशतक बनाए।
३७ औं बलमा सोमपालको बलमा चौका प्रहार गर्दै अर्धशतक बनाए। उनले ३ चौका र २ छक्का प्रहार गरे। यतिखेर विराटनगरलाई २१ बलबाट ४१ रन बनाउनुपर्ने थियो।
बसिरसँग छैटौं विकेटको लागि ६९ रनको साझेदारी गरेर नारायण १६ बलमा २५ रन जोड्दै नन्दन यादवको बलमा आउट भए। उनी आउट हुँदा १४ बलमा जितको लागि २७ रन जोड्नुपर्ने थियो।
१२ बलमा २१ रन चाहिंदा सोमपालले १९ औं ओभरको चौथो बलमा प्रतिश जिसीलाई आउट गरे। उनी ६ रनमा गुल्सनद्वारा क्याच आउट भए। विकेट गुमाएपनि यो ओभरमा विरानगरले ११ रन जोड्यो।
अन्तिम ६ बलमा १० रन चाहिंदा खेल रोमाञ्चक बन्यो। अन्तिम ओभर बलिङको लागि नन्दन आए। जहाँ विना दबाब ५ बलमै लक्ष्य पूरा गर्न विराटनगर सफल रहयो। बसिरले ४३ बलमा३ चौका र ३ छक्का सहित अविजित ६२ रनको सानदार इनिङ्स खेले। बलिङमा सोमपाल र गुल्सनले समान २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६० रन बनायो। ओपनर मार्क वाट तेस्रो ओभरको पाँचौं बलमा आउट भए। ६ रन बनाएका उनी मर्सान्ट डी लाङ्गेको बलमा जर्ज मुन्सेद्वारा क्याच आउट भए।
२३ रन जोड्दा पहिलो विकेट गुमाएपछि वान डाउनमा विलियम बसिस्टो क्रिजमा छिरे। बसिस्टोले २ रन बनाउँदा जीवनदान पाए। लाङ्गेले उनको क्याच ड्रप गरे। पहिलो पावर प्लेमा कर्णालीले ३७ रन जोड्यो।
बसिस्टो र प्रियांक पाञ्चाल क्रिजमा थिए। १० ओभरको समाप्तीमा कर्णालीले मात्र १ विकेट गुमाएर ६५ रन बनाउँदा विराटनगरका बलरहरू दबाबमा आए।
ओपनर प्रियंकले ४० बलमा ४ चौका र २ छक्का सहित अर्धशतक बनाए। जारी लिगमा यो उनको दोस्रो अर्धशतक हो। यी दुईले दोस्रो विकेटको लागि ९६ रनको उत्कृष्ट साझेदारी गरे। यो साझेदारी तोड्न विराटनगरलाई ८२ बल नै कुर्नुपर्यो।
प्रतिशको बलिङमा प्रियांक विकेटकिपर साहिल पटेलद्वारा रन आउट हुन पुगे। उनले ४७ बलमा ६ चौका र २ छक्का सहित ६३ रन बनाए। त्यसपछि गुल्सन क्रिजमा छिरे।
गुल्सन १० बलमा २ चौका र १ छक्का सहित २० रन जोडेर सन्दीपको बलमा एलबिडब्लु धरापमा परे। गुल्सन आउट हुँदा टिमले १ सय ४६ रन बनाएको थियो। २ रनमा जीवनदान पाएका बसिस्टो भने अवजित ४८ रनमा रहे। उनले ४८ बलमा २ चौका प्रहार गरे।
बलिङमा विराटनगरले उत्साहजनक प्रदर्शन गर्न सकेन्। मर्सान्ट र सन्दीपले १/१ विकेट लिए। विराटनगरले ८ अंक बनाउँदा कर्णालीसँग २ अंक छ।
त्यसअघि आज भएको खेलमा काठमाडौं गोर्खाज तेस्रो जितका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। काठमाडौंले चितवनलाई ५३ रनले ले हरायो।
भोलि पनि दुई खेल हुनेछन्। पहिलो खेलमा संघर्षरत पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच खेल हुनेछ। दोस्रो खेलमा लगातार ४ खेल जितिसकेको सुदुरपश्चिम रोयल्सको सामना साविक विजेता तथा अंक तालिकाको पुछारमा रहेको जनकपुर बोल्ट्सले गर्नेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]