2 weeks ago
November 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज २ खेल हुँदैछन्।
पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच खेल हुँदैछ। टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले बलिङ गर्ने निर्णय गरेको छ। यो सँगै पोखराले पहिले ब्याटिङ गर्नेछ।
लुम्बिनीले प्लेइङ ११ एक परिवर्तन गरेको छ। लुम्बिनीले निरोसन डिकवेलालाई थोमस पार्काको स्थानमा खेलाएको छ। पोखराले भने २ परिवर्तन गरेको छ। आकाश चन्द र ड्यान डाउथवेटको स्थानमा म्याट टेलर र अभिषेक तिवारीलाई खेलाएको छ।
पोखराको लागि यो चौथो खेल हो। उसले २ मा हार र १ मा जित निकालेको छ। लुम्बिनीको भने पाँचौं खेल हो। उसले पनि मात्र १ खेल जित्दा बाँकी ३ खेलमा लगातार हार बेहोरेको छ। त्यसैले दुवै टोलीलाई जित आवश्यक छ।
लुम्बिनीलाई भने प्ले अफ संभावनालाई जिवितै राख्न पनि जितको विकल्प छैन । हारले लुम्बिनीको प्ले अफ संभावना अंक गणितमा मात्र बाँकी रहनेछ। गर या मरको स्थितिमा रहेको छ। गत संस्करण पुछारमा रहेको लुम्बिनीलाई थप दबाब भने रहेको छ।
यता पोखराले पनि मात्र १ खेल जितेको कारण उसलाई पनि जित उतिकै जरुरी रहेको छ। अंक तालिकामा पोखरा छैटौं र लुम्बिनी सातौं स्थानमा छन्।
सुदूरपश्चिम रोयल्स जारी एनपिएलको एक मात्र अपराजित टोली हो। टोली ४ खेल जितेर ८ अंक सहित शीर्षस्थानमा रहेको छ। ५ खेल खेलेर ८ अंक बनाएको विराटनगर दोस्रो स्थानमा छ।
आजै हुने दोस्रो खेलमा गत संस्करणको फाइनलिष्ट सुदुरपश्चिम र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। यो पटक जनकपुरको स्थिति गत संस्करण भन्दा ठीक विपरीत रहेको छ। अंकको खाता खोल्न नसकेको जनकपुर लिग अंक तालिकाको पुछारमा छ।


December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]