default_image

2 weeks ago

November 29, 2025

एमसिसीद्वारा क्यानलाई स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान

250 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- मेरिलेबन क्रिकेट क्लब (एमसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई एमसिसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२५ प्रदान गरेको छ ।

आज टियु क्रिकेट मैदानमा एक कार्यक्रमबीच एमसिसीका क्रिकेट अपरेसन्स निर्देशक रब लिन्चले क्यानका सचिव पारस खड्कालाई अवार्ड हस्तान्तरण गरे ।

एमसीसीबाट प्राप्त स्पिरिट अफ क्रिकेट अवार्ड क्यानले अब एनपिएल टिमलाई प्रोत्साहन स्वरुप प्रदान गर्ने सचिव खड्काले बताए। उनले प्राविधिक टोलीको सिफारिसमा एनपिएलको एक टोलीलाई यो अवार्ड प्रदान गर्ने बताए। यो अवार्ड एनपिएलको पहिचान हुने पनि उनको विश्वास छ।

क्यानका सचिव खड्काले अब यसपटकको विश्व कपमा नेपालले इङ्गल्याण्डसँग खेल्दैछ प्रसंग उल्लेख गरे । यदि उत्कृष्ट नतिजा आएमा इङ्गल्याण्डमा र लर्डसमा नै नेपालको लागि खेल्नको लागि ढोका खुल्न आशा उनको छ ।

एमसिसीका क्रिकेट अपरेसन्स निर्देशक लिन्चले यो अवार्डलाई आगामी वर्षमा पनि निरन्तरता दिने बताए। उनले एनपिएलबाट निकै प्रभावित भएको र आगामी दिनमा नेपाली क्रिकेटलाई सहयोग गर्न एमसिसी तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

लर्डसको खेल तालिका हेरेर नेपाली टोलीलाई लर्डसमा खेल्ने विषयमा पनि छलफल भएको बताए। लिन्चले नेपाली टोलीले लर्डसमा खेल्दा देखि टियु मैदानसम्म नेपाली दर्शकको उत्साहको खुलेर प्रशंसा पनि गरे।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.