2 weeks ago
November 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसिसी पुरुष यू-१९ प्रिमियर कपको सेमिफाइनलमा नलेसियाले नेपाललाई जितको लागि ५२ रनको अत्यन्त सहज चुनौती दिएको छ।
अजमानको सेभेन डिस्ट्रिक्ट मैदान-२ मा टस जितेर नेपालले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा १७ ओभर मै ५१ रन जोडेर अल आउट भयो।
नेपाली बलरसामु निरिह बनेको मलेसियाले ५ विकेट गुमाउँदा ८ रन मात्र जोडेर अत्यन्त खराब सुरूवात गर्यो। ओपनर अजिब वाज्दी २ रनमा, मोहम्मद हारिज रनको खाता नखोली, मोहम्मद हेरिल, कप्तान डियाज पाट्रो र नागिनेश्वरन सथनाकुमारन १/१ रनमा आउट भए।
यसपछि मोहम्मद अक्रम १ रनमा र मोहम्मद आलिफ ४ रनमा आउट हुन पुगे। १३ रन बनाउँदा ७ विकेट गुमाएको मलेसियाको इनिङ्स धराशायी बन्यो। पहिलो देखि सातौं क्मका कुनैपनि ब्याटरले दोहोरो रन छुन सकेनन्।
यसपछि आशयारफ रिफाइ र मुहम्मद फातुलले आठौं विकेटको लागि २० रनको साझेदारी गरे। आशयारफ ६ रनमा आउट भए। फातुल पनि ११ रन जोडेर आउट भए।
यस्तै हम्जा पांगी १३ रनमा पबिलियन फर्के सँगै मलेसिया अल आउट भयो। उनी नै मलेसियाको लागि सर्वाधिक रन स्कोर गर्ने खेलाडी बने। मलेसियाको लागि मात्र दुई खेलाडीले दोहोरो रन छोए।
बलिङमा नितेश कुमार पटेलले ८ ओभरमा २४ रन दिएर ४ विकेट लिए। चन्दन रामले ५ ओभरमा १७ रन दिएर ३ विकेट लिए। यस्तै अपराजित पौडेल,अशोक धामी र रोशन विश्वकर्माले १/१ विकेट लिए।
नेपाल लगातारको तेस्रो जितमा समुह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]