2 weeks ago
November 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई जितको लागि १ सय ५१ रनको चुनौती दिएको छ।
टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले बलिङ गर्ने निर्णय गरेपछि पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन जोड्यो।
खराब सुरूवात गरेको पोखराको लागि एडम रोसिङटन र जिमी निशमको साझेदारी महत्वपुर्ण रहयो। पहिलो १० ओभरमा संघर्ष गरेको पोखराले ३८ रन मात्र बनायो। यसपछि बाँकी १० ओभरमा १ सय १२ रन जोड्दै प्रतिस्पर्धात्मक चुनौती दिन सफल रहयो।
निकै स्लो सटार्ट गरेको पोखराले पहिलो पावर प्लेमा २ विकेट गुमाएर मात्र २७ रन जोड्न सक्यो। चौथो ओभरमा शेर मल्लले २ विकेट निकाले। ओपनर दिनेश खरेल ७ रनमा शेरको बलमा रोहित पौडेलद्वारा क्याच आउट भए।
वान डाउनमा क्रिजमा छिरेका कुशल भुर्तेल शेरको बलमा गोल्डेन डक आउट भए। एलबिडब्लु आउट भएका कुशल लगातार दोस्रो खेलमा गोल्डेन डक आउट भएका हुन्। ४ ओभरको समाप्तिमा १५ रन जोड्दा २ विकेट गुमायो।
लगत्तै सुमित बर्मा गुलबद्दीन नायबको बलमा रनको खाता नखोली एलबिडब्लु आउट भए। टप अर्डरको प्रदर्शन निराशाजनक रहँदा चौथो विकेटको रूपमा त्रितराज दास पनि १ रनमा तिलक भण्डारीद्वारा बोल्ड आउट भए।
४ विकेटको क्षतिमा ३३ रन जोडेर संघर्ष गरेको पोखराले १० ओभरको समाप्तिमा ३८ रन बनायो। जुन जारी एनपिएलमा १० ओभरमा बनेको अहिलेसम्मकै कम स्कोर हो।
यसपछि निशम र रोसिङ्गटनले इनिङ्स सम्हाले। यो क्रममा ५२ बलमा ५ चौका र २ छक्का सहित अर्धशतक बनाए। पाँचौं विकेटको लागि यी दुईले ९२ रनको महतयसाझेदारी गरे। ६३ बल खेल्दै ७ चौका र ५ छक्का सहित ८१ रनको उत्कृष्ट पारी खेले।
तिलकको बलमा उनी सेर मल्लद्वारा क्याच आउट भए। उनी आउट हुँदा टिमले १८ ओभर २ बलमा १ सय २५ रन बनाएको थियो। निशमले पनि अविजित ५१ रन जोडे। उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
बलिङमा शेर र तिलकले २/२ विकेट लिए। ४ ओभर बलिङ गर्दै शेरले २३ र तिलकले २५ रन दिए।
पोखराको लागि यो चौथो खेल हो। उसले २ मा हार र १ मा जित निकालेको छ। लुम्बिनीको भने पाँचौं खेल हो। उसले पनि मात्र १ खेल जित्दा बाँकी ३ खेलमा लगातार हार बेहोरेको छ। त्यसैले दुवै टिमलाई जित महत्वपूर्ण छ।
लुम्बिनीलाई भने प्ले अफ संभावनालाई जिवितै राख्न पनि जितको विकल्प छैन्। हारले लुम्बिनीको प्ले अफ संभावना अंक गणितमा मात्र बाकी रहनेछ। गर या मरको स्थितिमा रहेको छ। गत संस्करण पुछारमा रहेको लुम्बिनीलाई थप दबाब भने रहेको छ।
यता पोखराले पनि मात्र १ खेल जितेको कारण उसलाई पनि जित उत्तिकै जरूरी रहेको छ। अंक तालिकामा पोखरा छैटौं र लुम्बिनी सातौं स्थानमा रहेका छन्।
सुदर पश्चिम लिगमा एक मात्र अपराजित टिम हो। चार खेल जितेर ८ अंक सहित शीर्षस्थानमा रहेको छ। ५ खेल खेलेर ८ अंक बनाएको विराटनगर दोस्रो स्थानमा छ।
आजै हुने दोस्रो खेलमा गत संस्करणको फाइनलिष्ट सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। यो पटक जनकपुरको स्थिति गत संस्करण भन्दा ठीक विपरीत रहेको छ। अंकको खाता खोल्न नसकेको जनकपुर लिगको पुछारमा रहेको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]