default_image

1 week ago

November 29, 2025

लुम्बिनीलाई प्रतिस्पर्धात्मक चुनौती

357 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई जितको लागि १ सय ५१ रनको चुनौती दिएको छ।

टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले बलिङ गर्ने निर्णय गरेपछि पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन जोड्यो।

खराब सुरूवात गरेको पोखराको लागि एडम रोसिङटन र जिमी निशमको साझेदारी महत्वपुर्ण रहयो। पहिलो १० ओभरमा संघर्ष गरेको पोखराले ३८ रन मात्र बनायो। यसपछि बाँकी १० ओभरमा १ सय १२ रन जोड्दै प्रतिस्पर्धात्मक चुनौती दिन सफल रहयो।

निकै स्लो सटार्ट गरेको पोखराले पहिलो पावर प्लेमा २ विकेट गुमाएर मात्र २७ रन जोड्न सक्यो। चौथो ओभरमा शेर मल्लले २ विकेट निकाले। ओपनर दिनेश खरेल ७ रनमा शेरको बलमा रोहित पौडेलद्वारा क्याच आउट भए।

वान डाउनमा क्रिजमा छिरेका कुशल भुर्तेल शेरको बलमा गोल्डेन डक आउट भए। एलबिडब्लु आउट भएका कुशल लगातार दोस्रो खेलमा गोल्डेन डक आउट भएका हुन्। ४ ओभरको समाप्तिमा १५ रन जोड्दा २ विकेट गुमायो।

लगत्तै सुमित बर्मा गुलबद्दीन नायबको बलमा रनको खाता नखोली एलबिडब्लु आउट भए। टप अर्डरको प्रदर्शन निराशाजनक रहँदा चौथो विकेटको रूपमा त्रितराज दास पनि १ रनमा तिलक भण्डारीद्वारा बोल्ड आउट भए।

४ विकेटको क्षतिमा ३३ रन जोडेर संघर्ष गरेको पोखराले १० ओभरको समाप्तिमा ३८ रन बनायो। जुन जारी एनपिएलमा १० ओभरमा बनेको अहिलेसम्मकै कम स्कोर हो।

यसपछि निशम र रोसिङ्गटनले इनिङ्स सम्हाले। यो क्रममा ५२ बलमा ५ चौका र २ छक्का सहित अर्धशतक बनाए। पाँचौं विकेटको लागि यी दुईले ९२ रनको महतयसाझेदारी गरे। ६३ बल खेल्दै ७ चौका र ५ छक्का सहित ८१ रनको उत्कृष्ट पारी खेले।‌

तिलकको बलमा उनी सेर मल्लद्वारा क्याच आउट भए। उनी आउट हुँदा टिमले १८ ओभर २ बलमा १ सय २५ रन बनाएको थियो। निशमले पनि अविजित ५१ रन जोडे। उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

बलिङमा शेर र तिलकले २/२ विकेट लिए। ४ ओभर बलिङ गर्दै शेरले २३ र तिलकले २५ रन दिए।

पोखराको लागि यो चौथो खेल हो। उसले २ मा हार र १ मा जित निकालेको छ। लुम्बिनीको भने पाँचौं खेल हो। उसले पनि मात्र १ खेल जित्दा बाँकी ३ खेलमा लगातार हार बेहोरेको छ। त्यसैले दुवै टिमलाई जित महत्वपूर्ण छ।

लुम्बिनीलाई भने प्ले अफ संभावनालाई जिवितै राख्न पनि जितको विकल्प छैन्। हारले लुम्बिनीको प्ले अफ संभावना अंक गणितमा मात्र बाकी रहनेछ। गर या मरको स्थितिमा रहेको छ। गत संस्करण पुछारमा रहेको लुम्बिनीलाई थप दबाब भने रहेको छ।

यता पोखराले पनि मात्र १ खेल जितेको कारण उसलाई पनि जित उत्तिकै जरूरी रहेको छ। अंक तालिकामा पोखरा छैटौं र लुम्बिनी सातौं स्थानमा रहेका छन्।

सुदर पश्चिम लिगमा एक मात्र अपराजित टिम हो। चार खेल जितेर ८ अंक सहित शीर्षस्थानमा रहेको छ। ५ खेल खेलेर ८ अंक बनाएको विराटनगर दोस्रो स्थानमा छ।

आजै हुने दोस्रो खेलमा गत संस्करणको फाइनलिष्ट सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। यो पटक जनकपुरको स्थिति गत संस्करण भन्दा ठीक विपरीत रहेको छ। अंकको खाता खोल्न नसकेको जनकपुर लिगको पुछारमा रहेको छ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.