1 week ago
November 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल युएईमा जारी एसिसी पुरुष यू-१९ प्रिमियर कपको फाइनलमा प्रवेश गर्न सफल भएको छ। उत्कृष्ट बलिङ गरेको नेपालले सेमिफाइनलमा नेपाले मलेिसयालाई ९ बिकेटले माथ दियो।
जितको लागि ५२ रनको अत्यन्त सहज चुनौती नेपालले ७ ओभर ५ बलमा १ विकेट गुमाएर पूरा गर्यो। ओपनर निरज कुमार यादव ४ रनमा मुहम्मद अक्रमको बलमा आउट भए।
त्यसपछि वंश क्षेत्री र निश्चित क्षेत्रीले दोस्रो विकेटको लागि अविजित ५१ रनको साझेदारी गर्दै सहज जित दिलाए। वंशले २७ बलमा ३ चौका सहित अविजित २३ रन बनाए। निश्चलले १८ बल खेलेर २ चौका सहित अविजित १५ रन बनाए।
त्यसअघि अजमानको सेभेन डिस्ट्रिक्ट मैदान-२ मा टस जितेर नेपालले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा १७ ओभरमा ५१ रन जोडेर अल आउट भयो।
नेपाली बलरसामू निरिह बनेको मलेसियाले ५ विकेट गुमाउँदा ८ रन मात्र जोडेर अत्यन्त खराब सुरूवात गर्यो। ओपनर अजिब वाज्दी २ रनमा, मोहम्मद हारिज रनको खाता नखोली, मोहम्मद हेरिल, कप्तान डियाज पाट्रो र नागिनेश्वरन सथना कुमारन १/१ रनमा आउट भए।
यसपछि मोहम्मद अक्रम १ रनमा र मोहम्मद आलिफ ४ रनमा आउट हुन पुगे। १३ रन बनाउँदा ७ विकेट गुमाएको मलेसियाको इनिङ्स धराशायी बन्यो। पहिलो देखि सातौं क्मका कुनैपनि ब्याटरले दोहोरो रन छुन सकेनन्।
यसपछि आशयारफ रिफाइ र मुहम्मद फातुलले आठौं विकेटको लागि २० रनको साझेदारी गरे। आशयारफ ६ रनमा आउट भए। फातुल पनि ११ रन जोडेर आउट भए।
यस्तै हम्जा पांगी १३ रनमा पबिलियन फर्के सँगै मलेसिया अल आउट भयो। उनी नै मलेसियाको लागि सर्वाधिक रन स्कोर गर्ने खेलाडी बने। मलेसियाको लागि मात्र दुई खेलाडीले दोहोरो रन छोए।
बलिङमा नितेश कुमार पटेलले ८ ओभरमा २४ रन दिएर ४ विकेट लिए। चन्दन रामले ५ ओभरमा १७ रन दिएर ३ विकेट लिए। यस्तै अपराजित पौडेल,अशोक धामी र रोशन विश्वकर्माले १/१ विकेट लिए।
नेपाल लगातारको तेस्रो जितमा समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। नेपाल जारी प्रतियोगितामा अपराजित रहेको छ। अब उपाधिको लागि नेपालले युएई र ओमानबीचको विजेतासँग सोमवार फाइनल खेल्नेछ।
नेपालले एसिसी यु १९ एसिया कपको लागि छनोट भएको छ। प्रिमियर कपको शीर्ष ३ टोली एसिया कपका लागि छनोट हुने प्रावधान छ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]