default_image

2 weeks ago

November 29, 2025

लुम्बिनीको दोस्रो जित, प्ले अफ संभावना कायमै

668 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले दोस्रो जितका साथ प्ले अफको संभावनालाई कायमै राखेको छ।

लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले हरायो। पोखराको यो चौथो खेलमा तेस्रो हार हो । जितको लागि १ सय ५१ रनको चुनौती लुम्बिनीले १९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो।

पहिलो ओभरमा मात्र २ रन जोड्दा लुम्बिनीले ओपनर सुमित महर्जनलाई गुमायो। उनी रनको खाता नखोली विपिन खत्रीको बलमा आउट भए। लगत्तै अर्का ओपनर डार्सी सर्ट पनि ७ रनमा विपिनकै बलमा आउट हुँदा २२ रन मात्र बनाएको थियो।

त्यसपछि कप्तान रोहित पौडेल र निरोसन डिकवेलाले तेस्रो विकेटको लागि ५४ रनको साझेदारी गरे। निरोसन २२ बलमा २ चौका र २ छक्का सहित ३७ रन जोडेर म्याट टेलरको बलमा आउट हुन पुगे।

१०.२ ओभरमा ३ विकेट गुमाउँदा लुम्बिनीले ७६ रन बनायो। चौथो विकेटको रूपमा दीलिप नाथ आउट भए। १० रन बनाएर दीलिप सागर ढकालको बलमा आउट भए।

१४ ओभरको समाप्तिमा १ सय रन बनाएको लुम्बिनीलाई ३६ बलमा जितको लागि ५१ रन आवश्यक थियो। जहाँ १५ औं ओभरको पहिलो बलमा कप्तान रोहित ४० रन बनाएर सागरको बलमा विपिनद्वारा क्याच आउट हुन पुगे। ठूलो विकेट सागरले लिए। ३६ बलमा रोहितले ३ चौका र २ छक्का प्रहार गरे। उनी पाँचौं विकेटको रूपमा आउट हुँदा टोलीले १ सय रन मात्र बनाएको थियो।

१५ ओभरको समाप्तिमा १ सय २ रन जोड्दा बाँकी ३० बलमा ४९ रन बनाउनुपर्ने थियो। क्रिजमा गुलबद्दीन नयाब र सन्दीप जोरा थिए।

१८ बलमा २६ रन चाहिंदा १८ औं ओभरको तेस्रो बलमा १७ रन बनाएका गुलद्दिन म्याट टेलरको बलमा किरण ठगुन्ननाले क्याच आउट गरे। किरणले उत्कृष्ट क्याच लिए। रिबेन ट्रम्पलम्यान क्रिजमा छिरे। लुम्बिनीलाई १२ बलमा २१ रन जरुरी थियो। १९ औं ओभरमा ११ रन बनाएर लुम्बिनीले ट्रम्पलम्यानलाई गुमायो।

अन्तिम ओभरमा १० रन जरुरी हुँदा जोराले पहिलो बलमा २ र दोस्रो बलमा चौका र चौथो बलमा चौका प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए।

त्यसअघि टस जितेर लुम्बिनीका कप्तानले बलिङ गर्ने निर्णय गरेपछि पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन जोड्यो।

खराब सुरुवात गरेको पोखराको लागि एडम रोसिङटन र जेम्स निसमको साझेदारी महत्वपूर्ण रह्यो। पहिलो १० ओभरमा संघर्ष गरेको पोखराले ३८ रन मात्र बनायो। यसपछि बाँकी १० ओभरमा १ सय १२ रन जोड्दै प्रतिस्पर्धात्मक चुनौती दिन सफल रहयो।

निकै स्लो सटार्ट गरेको पोखराले पहिलो पावर प्लेमा २ विकेट गुमाएर मात्र २७ रन जोड्न सक्यो। चौथो ओभरमा शेर मल्लले २ विकेट निकाले। ओपनर दिनेश खरेल ७ रनमा शेरको बलमा रोहितद्वारा क्याच आउट भए।

वान डाउनमा क्रिजमा छिरेका कुशल भुर्तेल शेरको बलमा गोल्डेन डक आउट भए। एलबिडब्लु आउट भएका कुशल लगातार दोस्रो खेलमा गोल्डेन डक आउट भएका हुन्। ४ ओभरको समाप्तिमा १५ रन जोड्दा दुई विकेट गुमायो।

लगत्तै सुमित बर्मा गुलबद्दीन नायबको बलमा रनको खाता नखोली एलबिडब्लु आउट भए। टप अर्डरको प्रदर्शन निराशाजनक रहँदा चौथो विकेटको रूपमा त्रितराज दास पनि १ रनमा तिलक भण्डारीद्वारा बोल्ड आउट भए।

४ विकेटको क्षतिमा ३३ रन जोडेर संघर्ष गरेको पोखराले १० ओभरको समाप्तिमा ३८ रन बनायो। जुन जारी एनपिएलमा १० ओभरमा बनेको अहिलेसम्मकै कम स्कोर हो।

यसपछि निसम र रोसिङ्गटनले इनिङ्स सम्हाले। यो क्रममा ५२ बलमा ५ चौका र २ छक्का सहित अर्धशतक बनाए। पाँवौ विकेटको लागि यी दुईले ९२ रनको महत्वपूर्ण साझेदारी गरे।

६३ बल खेल्दै ७ चौका र ५ छक्का सहित ८१ रनको उत्कृष्ट पारी खेले।‌ तिलकको बलमा उनी शेरद्वारा क्याच आउट भए। उनी आउट हुँदा टिमले १८.२ ओभरमा १ सय २५ रन बनाएको थियो। निसमले पनि अविजित ५१ रन जोडे। उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

बलिङमा शेर र तिलकले समान २ विकेट लिए। ४ ओभर बलिङ गर्दै शेरले २३ र तिलकले २५ रन दिए।

पोखराको लागि यो चौथो खेलमा तेस्रो हार हो। टोलीसँग २ अंक मात्र रहेको छ। लुम्बिनीको भने पाँचौं खेल हो। जहाँ दोस्रो जितका साथ ४ अंक बनाएको छ।

आजै हुने दोस्रो खेलमा गत संस्करणको फाइनलिष्ट सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। यो पटक जनकपुरको स्थिति गत संस्करण भन्दा ठीक विपरीत रहेको छ। अंकको खाता खोल्न नसकेको जनकपुर लिगको पुछारमा रहेको छ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.