default_image

2 weeks ago

November 29, 2025

सुदूरपश्चिमलाई जनकपुरको मध्यम चुनौती

508 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा साविक विजेता जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई जितको लागि १ सय ४६ रनको चुनौती दिएको छ।

आजको खेलमा जनकपुरले नियमित कप्तान अनिल शाहलाई ड्रप गरेर एनपिएलमा एक मात्र खेल खेलेका वायन पार्नेललाई कप्तानको जिम्मेवारी दियो।

पार्नेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। जनकपुर २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनायो। जारी एनपिएलमा जनकपुरले बनाएको यो सर्वाधिक योगफल हो।

अंक तालिकाको पुछारमा रहेको जनकपुरलाई प्ले अफ संभावनालाई कायमै राख्न जित आवश्यक छ। तर टोलीले सुरुवात कमजोर गर्यो। पहिलो पावर प्लेमा ३ विकेट गुमाएर मात्र ३५ रन बनायो।

ओपनर आशिफ शेख रनको खाता नखोली आउट भए। ५ रन जोड्दा पहिलो विकेट गुमाएको जनकपुरले ११ रन जोड्दा दोस्रो विकेट गुमायो। मयांक यादव ६ रन जोडेर स्कट कुगेलनको बलमा आउट भए।

विपक्षीमाथि दबाब बनाएको सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले छैटौं ओभरमा ओपनर माज सदाकतलाई बोल्ड आउट गरे। उनी १२ रनमा आउट भए।

क्रिजमा दुई विदेशी खेलाडी सञ्जय कृष्णमुर्ती र जान निकलो लोफ्टी थिए। १० ओभरको समाप्तिमा जनकपुरले ५५ रन मात्र बनायो।

सञ्जय र लोफ्टीले चौथो विकेटको लागि ३९ रनको साझेदारी गरे। ३३ बलमा २ चौका र २ छक्का सहित ३९ रन जोडेर लोफ्टी अविनाश बोहराको बलमा हर्मित सिंहद्वारा क्याच आउट भए। यतिखेर टिमले ७४ रन बनाएको थियो।

क्रिजमा रहेका सञ्जयलाई आदित्य महताले साथ दिए। सञ्जयले ३७ बलमा ४ चौका २ छक्का सहित अर्धशतक बनाए। अर्धशतक बनाए लगतै सञ्जय अविनाश बोहराको बलमा बोल्ड आउट भए। उनले आदित्यसँग मिलेर पाँचौं विकेटको लागि ५५ रनको साझेदारी गरे।

सञ्जयको ठूलो विकेट लिए लगतै अविनाशले अर्को बलमा शुभ कंसाकारलाई गोल्डेन डक आउट गर्न सफल भए। दुई सन्तोषजनक साझेदारी गरेर इनिङस उकास्ने प्रयास गरेपनि जनकपुरले मात्र ३ रन जोड्ने क्रममा ३ विकेट गुमायो। १५ रन बनाएका आदित्य स्कटको बलमा आउट हुँदा १ सय ३१ रन जोड्यो।

कप्तान पार्नेललाई पनि अविनाशले नै आउट गर्दै विकेट सङ्ख्या ४ पुर्याए। पार्नेल १२ बलमा १ चौका र १ छक्का सहित १४ रनमा आउट भए।

बलिङमा अविनाशले उत्कृष्ट प्रदर्शन गरे। ४ ओभर बलिङ गर्दै ३० रन दिएर ४ विकेट झारे। स्कटले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिए। जारी एनपिएलमा अभिनाश ११ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडी हुन्।

सुदुरपश्चिम जारी एनपिएलको एक मात्र अपराजित टोली हो। उसले लगातार ४ खेलमा जित निकालेर ८ अंक बनाएको छ। यो जितले सुदूरपश्चिम प्ले अफमा पुग्ने निश्चित हुनेछ।

साविक विजेता जनकपुर भने जारी लिगमा जित निकाल्न नसकेको एक मात्र टोली हो। लगातार ३ खेल हारेको जनकपुर अंक तालिकाको पुछारमा छ। त्यसैले आजको जित उसको लागि निकै महत्वपूर्ण रहनेछ। जितले प्ले अफको संभावना कायमै रहनेछ।

त्यसअघि आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सले दोस्रो जितका साथ प्ले अफको संभावनालाई कायमै राखेको छ। लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले हरायो। पोखराको चौथो खेलमा यो तेस्रो हार हो।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.