default_image

1 week ago

November 29, 2025

अपराजित सुदूरपश्चिम प्ले अफमा प्रवेश

976 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सुदूरपश्चिम रोयल्स लगातारको पाँचौं जितमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गरेको छ।

जारी एनपिएलमा एक मात्र अपराजित सुदूरपश्चिम प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ। सुदूरपश्चिमले आज साविक विजेता जनकपुर बोल्ट्सलाई‌ ६ विकेटले माथ दियो।

सुदूरपश्चिमको जितमा विनोद भण्डारी र इशानको सानदार साझेदारी र अविनाश बोहराको बलिङ प्रमुख रह्यो। जितको लागि १ सय ४६ रनको चुनौती पछ्याएको सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाउँदै जित आफ्नो पक्षमा पार्यो।‌

सुदूरपश्चिमले खराब सुरुवात गर्दै पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। कसिलो बलिङ गर्दै जनकपुरले सुदूरपश्चिमलाई पहिलो पावर प्लेमा २ विकेट गुमाउँदै २८ रनमा रोक्न सफल भयो।
सुदूरपश्चिमले सामना गरेको पहिलो बलमा नै ओपनर जस ब्राउन गोल्डेन डक आउट भए। माज सडाकतले ब्राउनलाई बोल्ड आउट गरे।

वान डाउमा क्रिजमा छिरेका क्रिस लिनलाई सञ्जय कृष्णमुर्तीले शुभम कंसाकारद्वारा क्याच आउट गराए। मात्र १ रन जोड्दा १.३ ओभरमा २ विकेट गुमाउँदा बिर्सनलायक सुरूवात गर्यो।

त्यसपछि दुई नेपाली खेलाडी विनोद र इशानले इनिङ्स सम्हाले। १० ओभरको समाप्तिमा सुदूरपश्चिमले ६३ रन बनाए। यो साझेदारी तोड्दै जनकपुरलाई ब्रेक-थ्रु लिने मौका मयांन यादवले चुकाए। १२ औं ओभरको अन्तिम बलमा ३३ रनमा रहेका विनोदको क्याच छुटाए।

विनोद र इशानले तेस्रो विकेटको लागि ९२ रनको महत्वपूर्ण साझेदारी गरे।‌ विनोद ४९ बलमा ३ चौका र १ छक्का सहित ४२ रनमा आउट भए। १३.५ ओभरमा विनोद आउट हुँदा सुदूरपश्चिम जितको लागि ३७ बलबाट ५३ रन आवश्यक थियो।

यसपछि कप्तान दीपेन्द्र सिंह ऐरी क्रिजमा छिरे। १५ ओभरको समाप्तिमा १ सय ३ रन बनाउँदा सुदूरपश्चिमको जित सहज बनेको थियो। १६ औं ओभरमा आदित्य महतालाई लगातार २ चौका प्रहार गरेर इशानले अर्धशतक बनाए।

उनले ३३ बलमा ७ चौका र १ छक्का सहित ५० रन पूरा गरे। अर्को बलमा पनि चौका प्रहार गरे भने चौथो बलमा आउट भए। उनले ५६ रनको प्रभावशाली प्रदर्शन गरे।

सुदूरपश्चिम १८ बल बाँकी छँदा १६ रन आवश्यक थियो। १८ औं ओभरको पहिलो दुई बलमा हर्मित सिंहले लगातार २ छक्का र चौथो बलमा पनि छक्का प्रहार गर्दा सुदूरपश्चिम ६ विकेटको जित निकाल्न सफल रह्यो।बलिङमा सदाकतले २ तथा सञ्जय र आदित्यले समान १ विकेट लिए।

त्यसअघि जनकपुरले नियमित कप्तान अनिल शाहलाई ड्रप गरेर एनपिएलमा एक मात्र खेल खेलेका वायन पार्नेललाई कप्तानको जिम्मेवारी दियो।

पार्नेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। २० ओभरमा ८ बिकेट गुमाउँदै १ सय ४५ रन बनायो। जारी एनपिएलमा जनकपुरले बनाएको यो सर्वाधिक योगफल हो।

पुछारमा रहेको जनकपुरलाई प्ले अफ संभावनालाई कायमै राख्न जित जरूरी थियो। तर सुरुवात कमजोर गर्यो। पहिलो पावर प्लेमा ३ विकेट गुमाएर मात्र ३५ रन बनायो।

ओपनर आशिफ शेख रनको खाता नखोली आउट भए। ५ रन जोड्दा पहिलो विकेट गुमाएको जनकपुरले ११ रन जोड्दा दोस्रो विकेट गुमायो । मयांक यादव ६ रन जोडेर स्कट कुगेलनको बलमा आउट भए।

निरन्तर अन्तरालमा विकेट लिन सफल सुदूरपश्चिमले छैटौं ओभरमा कप्तान दीपेन्द्रले छैटौं ओभरमा ओपनर माज सदाकतलाई बोल्ड आउट गरे। उनी १२ रनमा आउट भए।

क्रिजमा दुई विदेशी खेलाडी सञ्जय कृष्णमुर्ती र जान निकलो लोफ्टी थिए। १० ओभरको समाप्तिमा जनकपुरले ५५ रन मात्र बनायो।

सञ्जय र लोफ्टीले चौथो विकेटको लागि ३९ रनको साझेदारी गरे। ३३ बलमा २ चौका र २ छक्का सहित ३९ रन जोडेर लोफ्टी अविनाश बोहराको बलमा हर्मित सिंहद्वारा क्याच आउट भए। यतिखेर टिमले ७४ रन बनाएको थियो।

क्रिजमा रहेका सञ्जयलाई आदित्य महताले साथ दिए। सञ्जयले ३७ बलमा ४ चौका २ छक्का सहित अर्धशतक बनाए। अर्धशतक बनाए लगतै सञ्जय अविनाश बोहराको बलमा बोल्ड आउट भए। उनले आदित्यसँग मिलेर पाँचौं विकेटको लागि ५५ रनको साझेदारी गरे।

सञ्जयको ठूलो विकेट लिए लगतै अविनाशले अर्को बलमा शुभ कंसाकारलाई गोल्डेन डक आउट गर्न सफल भए। दुई सन्तोषजनक साझेदारी गरेर इनिङस उकास्ने प्रयास गरेपनि जनकपुरले मात्र ३ रन जोड्ने क्रममा ३ विकेट गुमायो। १५ रन बनाएका आदित्य स्कटको बलमा आउट हुँदा १ सय ३१ रन जोड्यो।

कप्तान पार्नेललाई पनि अविनाशले नै आउट गर्दा विकेट सङ्ख्या ४ पुर्याए। पार्नेल १२ बलमा १ चौका र १ छक्का सहित १४ रनमा आउट भए।

बलिङमा अविनाशले उत्कृष्ट प्रदर्शन गरे। ४ ओभर बलिङ गर्दै ३० रन दिएर ४ विकेट लिए। जारी एनपिएलमा उनी ११ विकेट सहुत सर्वाधिक विकेटकर्ताको सुचीमा शीर्षस्थानमा रहेका छन्। विराटनगरका सन्दीप लामिछाने १० विकेट लिएका छन्। यस्तै स्कटले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिए।

सुदूरपश्चिम लगातार ५ जितसहित १० अंक बनाएको छ।‌
जनकपुरको यो लगातार चौथो हार हो। अंकको खाता खोल्न नसकेको जनकपुरको अब प्ले अफ संभावना गणितीय आधारमा मात्र बाँकी छ।

त्यसअघि आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सले दोस्रो जितका साथ प्ले अफको संभावनालाई कायमै राखेको छ। लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले हरायो। पोखराको यो तेस्रो हार हो।

भोलि एक खेल हुनेछ। काठमाडौं गोर्खाज र कर्णाली याक्सबीचको खेल दिउँसो ४ बजे हुनेछ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.