2 weeks ago
November 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज तेस्रो स्थानमा रहेको काठमाडौं गोर्खाज र छैटौं स्थानमा रहेको कर्णाली याक्सबीच खेल हुँदैछ ।
कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ रोजेका छन् । करण केसीको नेतृत्वमा रहेको काठमाडौंले पहिले बलिङ गर्नेछ ।
काठमाडौंले आज दीपेश कँडेलको स्थानमा आज भीम सार्कीलाई खेलाउने भएको छ । कर्णालीले प्लेइङ-११ मा कुनै परिवर्तन गरेको छैन ।
काठमाडौं आज छैटौं खेल खेल्दैछ । उसले ३ खेलमा जित र २ खेलमा हार बेहोरेको छ । ६ अंक बानएको काठमाडौंले आजको खेल जितेमा प्ले अफको संभावना मजबुत बन्नेछ ।
कर्णालीको भने यो पाँचौं खेल हो । उसले ३ खेलमा हार र १ खेलमा मात्र जित निकालेको छ । २ अंक मात्र जोडेको कारण कर्णालीलाई आज जित जरूरी छ । हारले प्ले अफ पुग्ने संंभावना गणितीय आधारमा मात्र बाँकी रहनेछ ।
अंक तालिकामा सुदुर १० अंक सहित शीर्षस्थानमा रहेको छ । विराटनगर ८ अंक सहित दोस्रो स्थानमा रहँदा ६ अंक सहित काठमाडौं तेस्रो स्थानमा छ । चितवन र लुम्बिनी समान ४ अंक सहित चौथो र पाँचौ स्थानमा रहेका छन् । २ अंक सहित कर्णाली छैटौं स्थानमा रहँदा २ अंक नै बनाएको पोखरा सातौं स्थानमा रहेको छ । लगातारको ४ खेलमा पराजित साबिक विजेता जनकपुर लिगको पुछारमा रहेको छ ।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]