default_image

1 week ago

November 30, 2025

काठमाडौंलाई कर्णालीको चुनौतीपूर्ण लक्ष्य

468 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १ सय ५० रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ।

कमजोर सुरुवात गरेको कर्णालीका‌ हिटर गुल्सन झाले आफ्नो जिम्मेवारी भरपुर निभाएपछि काठमाडौंले १ सय ५० रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ रोजे। निर्धारित २० ओभरको खेलमा कर्णालीलले ७ विकेट गुमाएर १ सय ४९ रन बनायो।

काठमाडौंका कप्तान करण केसीले पहिलो ओभरमा सानदार बलिङ गरे। ओपनर प्रियांक पञ्चाल रोयल डक आउट भए।

यही ओभरमा विलियम बसिस्टो १ रनमा साहब अलामद्वारा रन आउट हुन पुगे। पहिलो ओभरमा कर्णालीले २ विकेट गुमाउँदा १ रन बनाएर अत्यन्त खराब सुरूवात गर्यो। पहिलो पावर प्लेमा ३८ रन बनायो।

त्यसपछि मार्क वाट र पवन सर्राफले तेस्रो विकेटको लागि ५९ रनको साझेदारी गरे। नवौं ओभरको चौथो बलमा मार्क वाट भीम सार्कीद्वारा रन आउट भए। उनले २७ बलबाट १ चौका र ३ छक्का सहित ३० रन जोडे। नजिबुल्लाह जड्रान क्रिजमा छिरे।

१० ओभरको समाप्तिमा कर्णालीले ६७ रन बनायो। पवनले ३५ रन जोडेर सन्तोष यादवको बलमा एलबिडब्लु धरापमा परे। उनले २९ बलमा २ चेका र २ छक्का प्रहार गरे।

लगत्तै पाँचौं विकेटको रूपमा जड्रान १२ रन बनाएर रसिद खानको बलमा साहबद्वारा क्याच आउट भए। यतिखेल १३ ओभरको समाप्तिमा ८५ रन बनाएको थियो। विकेट पतनको सिलसिलाले निरन्तरता पाउँदा कप्तान सोमपाल ६ रनमा मिलिन्द कुमारको बलमा कट एन्ड बोल्ड भए।

१० ओभरमा ६७ रन बनाएको कर्णालीले थप ५ ओभरमा ३ विकेट गुमाउँदै कर्णालीले २४ रन मात्र बनायो। १५ ओभरको समाप्तिमा ९१ रन जोड्यो।

तर सातौं नम्बरमा क्रिजमा छिरेका गुल्सन छिरेपछि १६ औं र १७ औं‌ गरी दुई ओभरमा ३२ रन बन्यो। सातौं विकेटको लागि ५५ रनको साझेदारी गरेर दीपक १० रनमा रसिद खानको बलमा बोल्ड आउट भए।

अन्तिम ओभरमा कर्णालीले ५ रन मात्र जोड्न सक्यो।नन्दनले अन्तिम ३ बलमा मात्र १ रन जोडे। गुल्सनले २२ बलमा ६ चौका र ३ छक्का सहित अविजित ४९ रनको महत्वपूर्ण पारी खेले।

बलिङमा रसिद खानले ४ ओभरमा ३७ रन दिएर २ विकेट लिए। करण, मिलिन्द र सन्तोष यादवले समान १ विकेट झारे।

कर्णालीको भने यो पाँचौं खेल हो। उसले ३ खेलमा हार र १ खेलमा मात्र जित निकालेको छ। २ अंक मात्र जोडेको कारण कर्णालीलाई आज जित जरुरी छ। हारले प्ले अफ पुग्ने संंभावना गणितीय आधारमा मात्र बाँकी रहनेछ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.