default_image

2 weeks ago

November 30, 2025

काठमाडौंलाई कर्णालीको चुनौतीपूर्ण लक्ष्य

476 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १ सय ५० रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ।

कमजोर सुरुवात गरेको कर्णालीका‌ हिटर गुल्सन झाले आफ्नो जिम्मेवारी भरपुर निभाएपछि काठमाडौंले १ सय ५० रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ रोजे। निर्धारित २० ओभरको खेलमा कर्णालीलले ७ विकेट गुमाएर १ सय ४९ रन बनायो।

काठमाडौंका कप्तान करण केसीले पहिलो ओभरमा सानदार बलिङ गरे। ओपनर प्रियांक पञ्चाल रोयल डक आउट भए।

यही ओभरमा विलियम बसिस्टो १ रनमा साहब अलामद्वारा रन आउट हुन पुगे। पहिलो ओभरमा कर्णालीले २ विकेट गुमाउँदा १ रन बनाएर अत्यन्त खराब सुरूवात गर्यो। पहिलो पावर प्लेमा ३८ रन बनायो।

त्यसपछि मार्क वाट र पवन सर्राफले तेस्रो विकेटको लागि ५९ रनको साझेदारी गरे। नवौं ओभरको चौथो बलमा मार्क वाट भीम सार्कीद्वारा रन आउट भए। उनले २७ बलबाट १ चौका र ३ छक्का सहित ३० रन जोडे। नजिबुल्लाह जड्रान क्रिजमा छिरे।

१० ओभरको समाप्तिमा कर्णालीले ६७ रन बनायो। पवनले ३५ रन जोडेर सन्तोष यादवको बलमा एलबिडब्लु धरापमा परे। उनले २९ बलमा २ चेका र २ छक्का प्रहार गरे।

लगत्तै पाँचौं विकेटको रूपमा जड्रान १२ रन बनाएर रसिद खानको बलमा साहबद्वारा क्याच आउट भए। यतिखेल १३ ओभरको समाप्तिमा ८५ रन बनाएको थियो। विकेट पतनको सिलसिलाले निरन्तरता पाउँदा कप्तान सोमपाल ६ रनमा मिलिन्द कुमारको बलमा कट एन्ड बोल्ड भए।

१० ओभरमा ६७ रन बनाएको कर्णालीले थप ५ ओभरमा ३ विकेट गुमाउँदै कर्णालीले २४ रन मात्र बनायो। १५ ओभरको समाप्तिमा ९१ रन जोड्यो।

तर सातौं नम्बरमा क्रिजमा छिरेका गुल्सन छिरेपछि १६ औं र १७ औं‌ गरी दुई ओभरमा ३२ रन बन्यो। सातौं विकेटको लागि ५५ रनको साझेदारी गरेर दीपक १० रनमा रसिद खानको बलमा बोल्ड आउट भए।

अन्तिम ओभरमा कर्णालीले ५ रन मात्र जोड्न सक्यो।नन्दनले अन्तिम ३ बलमा मात्र १ रन जोडे। गुल्सनले २२ बलमा ६ चौका र ३ छक्का सहित अविजित ४९ रनको महत्वपूर्ण पारी खेले।

बलिङमा रसिद खानले ४ ओभरमा ३७ रन दिएर २ विकेट लिए। करण, मिलिन्द र सन्तोष यादवले समान १ विकेट झारे।

कर्णालीको भने यो पाँचौं खेल हो। उसले ३ खेलमा हार र १ खेलमा मात्र जित निकालेको छ। २ अंक मात्र जोडेको कारण कर्णालीलाई आज जित जरुरी छ। हारले प्ले अफ पुग्ने संंभावना गणितीय आधारमा मात्र बाँकी रहनेछ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.