default_image

2 weeks ago

November 30, 2025

काठमाडौंको प्ले अफ संभावना मजबुत

773 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ।

कर्णाली याक्सलाई आज ५ विकेटले हराउँदै काठमाडौं प्ले अफको संभावनालाई मजबुत बनाएको छ। यो जितमा काठमाडौं रन रेटको आधारमा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चौथो हारमा कर्णालीको प्ले अफ यात्रा निकै कठिन बनेको छ।

जितको लागि १ सय ५० रनको चुनौती काठमाडौंले‌ १८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। काठमाडौंले सन्तोषजनक सुरुवात गर्यो। पहिलो पावर प्लेमा १ विकेट गुमाएर ४६ रन जोड्यो।

बेन चार्लसबर्थ र आकाश त्रिपाठीले पहिलप विकेटको लागि ४० रनको साझेदारी गरे। ८ रन बनाएका आकाश पाँचौं ओभरको दोस्रो बलमा नन्दन यादवको बलमा गुल्सन झाद्वारा आउट भए।

अर्का ओपनर बेन २१ बलमा २ चौका र ३ छक्का सहित ३४ रन जोडेर पवन सर्राफको बलमा बोल्ड आउट भए। त्यतिखेर काठमाडाैंले २ विकेट गुमाएको थियो। क्रिजमा दुई विदेशी खेलाडी मिलिन्द कुमार र जेराड इरासमस थिए। १० ओभरको समाप्तिमा ६३ रन बनाएको काठमाडौंलाई जितको लागि ६० बलमा ८७ रन आवश्यक थियो।

११ औं ओभरको पहिलो बलमा विपिन शर्माको बलमा इरासमसले प्रहार गरे। इरासमस र मिलिन्द दुवै बलर एन्डमा पुगे। उनीहरू पुग्नु अगाडि नै दीपकले बेल्ट झारिसकेका थिए। यहाँ मिलिन्द रन आउट भए। उनले १५ रन बनाएका थिए।

इरासमसलाई साथ दिन अर्का विदेशी खेलाडी जोन सिम्पसन क्रिजमा छिरे। उनीहरूले सुदबुझपुर्ण ब्याटिङ गरे। १५ ओभरको समाप्तिमा १ सय १८ रन बनाउँदै काठमाडौंको जितलाई सहज बनाए। काठमाडौंलाई अन्तिम ३० बलमा ३२ रन जरुरी थियो।

उनीहरूले चौथो विकेटको लागि ८६ रनको उत्कृष्ट साझेदारी गरे। २१ बल खेल्दै ४ चौका र २ छक्का सहित ४१ रन जोडेर नन्दनको बलमा गुल्सनद्वारा क्याच आउट भए। उनी आउट हुँदा स्कोर टाई भएको थियो। अर्को बलमा रसिद खान गोल्डेन डक आउट भए।

यसपछि भीम सार्कीले छक्का प्रहार गर्दै टिमलाई जित दिलाए। इरासमस अवजित ४३ रनको पारी खेल्न सफल रहे। उनले २१ बलमा ४ चौका र २ छक्का प्रहार गरे।बलिङमा नन्दनले ४ ओभरमा रन दिएर ३ विकेट लिए। पवनले १ विकेट झारे।

त्यसअघि कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ रोजे। निर्धारित २० ओभरको खेलमा कर्णालीले ७ विकेट गुमाएर १ सय ४९ रन बनायो।

काठमाडौंका कप्तान करण केसीले पहिलो ओभरमा सानदार बलिङ गरे। ओपनर प्रियांक पञ्चाल रोयल डक आउट भए। यही ओभरमा विलियम बसिस्टो १ रनमा साहब अलामद्वारा रन आउट हुन पुगे।

पहिलो ओभरमा कर्णालीले २ विजेट गुमाउँदा १ रन बनाएर अत्यन्त खराब सुरूवात गर्यो। पहिलो पावर प्लेमा ३८ रन बनायो।

यसपछि मार्क वाट र पवन सराफले तेस्रो विकेटको लागि ५९ रनको साझेदारी गरे। नवौं ओभरको चौथो बलमा मार्क वाट भीम सार्कीद्वारा रन आउट भए। उनले २७ बलबाट १ चौका र ३ छक्का सहित ३० रन जोडे।

नजिबुल्लाह जड्रान क्रिजमा छिरे। १० ओभरको समाप्तीमा कर्णालीले ६७ रन बनायो। पवन सराफ ३५ रन जोडेर सन्तोष यादवको बलमा एलबिडब्लु धरापमा परे। उनले २९ बलमा २ चेका र २ छक्का प्रहार गरे।

लगत्तै पाँचौं विकेटको रूपमा जड्रान १२ रन बनाएर रसिद खानको बलमा साहबद्वारा क्याच आउट भए। यतिखेल १३ ओभरको समाप्तिमा ८५ रन बनाएको थियो। विकेट पतनको सिलसिलाले निरन्तरता पाउँदा कप्तान सोमपाल ६ रनमा मिलिन्द कुमारको बलमा कट एन्ड बोल्ड भए।

१० ओभरमा ६७ रन बनाएको कर्णालीले थप ५ ओभरमा ३ विकेट गुमाउँदै कर्णालीले २४ रन मात्र बनायो। १५ ओभरको समाप्तिमा ९१ रन जोड्यो।

तर सातौं नम्बरमा क्रिजमा छिरेका गुल्सन छिरेपछि १६ औं र १७ औं‌ गरी दुई ओभरमा ३२ रन बन्यो। सातौं विकेटको लागि ५५ रनको साझेदारी गरेर दीपक १० रनमा रसिद खानको बलमा बोल्ड आउट भए।

अन्तिम ओभरमा कर्णालीले ५ रन मात्र जोड्न सक्यो।नन्दनले अन्तिम ३ बलमा मात्र १ रन जोडे। गुल्सनले २२ बलमा ६ चौका र ३ छक्का सहित अविजित ४९ रनको महत्वपूर्ण पारी खेले।

बलिङमा रसिद खानले ४ ओभरमा ३७ रन दिएर २ विकेट लिए। करण , मिलिन्द कुमार र सन्तोष यादवले १/१ विकेट झारे।

छैटौं खेलमा चौधौं जित सहित ८ अंक बनाएको काठमाडौं रन रेटको आधारमा दोस्रो स्थानमा उक्लिएको छ। पाँचौं खेलमा चौथो हार सहित २ अंकमा रोकिएको कर्णालीसँग अब गणितीय संभावना मात्र बाँकी छ। एनपिएलमा भोलि कुनै खेल छैन ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.