4 days ago
December 3, 2025
एजेन्सी – एडेन् मार्करमको शानदार शतक, म्याथ्यु ब्रिट्ज्के र डेवाल्ड ब्रेभिसको अर्धशतकले दक्षिण अफ्रिकाले ३ सय ५९ रनको ठूलो लक्ष्य पछ्याउँदै आज घरेलु टोली भारतलाई ४ विकेटले हराएको छ ।
दक्षिण अफ्रिकाको जितपछि ओडिआई सिरिजमा १-१ को बराबरी भएको छ। रायपुरको शाहिद वीर नारायण सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेल अत्यन्त रोमाञ्चक रह्यो।
दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको गरेको भारतले विराट कोहली र ऋतुराज गायकवाडको शतकसँगै ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रन बनाएका थियो ।
जवाफी ब्याटिङमा दक्षिण अफ्रिकाका मार्करमले ९८ बलमा १ सय १० रन बनाएर इनिङलाई लाई मजबुत बनाए । ब्रिट्ज्केले ६८ र ब्रेभिसले ५४ रन जोडेर मध्यमक्रमलाई बलियो बनाइदिए। ६ विकेटको क्षतिमा ४ बल बाँकी रहँदा दक्षिण अफ्रिकाले लक्ष्य पूरा गरेको थियो।
मार्करमले कप्तान टेम्बा बावुमा (४६) सँग दोस्रो विकेटको लागि १ सय १ र ब्रिट्ज्केसँग ७० रनको साझेदारी गरे। मार्करमले ५३ रनमा यशस्वी जयसवालले क्याच छाडेको फाइदा पूरा उठाए।
त्यसपछि ब्रिट्ज्के र ब्रेभिसले चौथो विकेटका लागि ९२ रनको साझेदारी गर्दै टोलीलाई जित तर्फ अघि बढाए। भारतले बलिङ र फिल्डिङ दुवैमा गल्ती गर्दा दक्षिण अफ्रिकालाई थप मद्दत भयो। अन्त्यतिर कोर्बिन बोस्चले अविजित २९ रन बनाएर टोलीलाई जितसम्म पुर्याए।
३ सय ५९ रनको लक्ष्य पछ्याइनु भारतविरुद्धको संयुक्त सबैभन्दा ठूलो सफल लक्ष्य पूरा गर्नु पनि हो। सन् २०१९ मा मोहालीमा अस्ट्रेलियाले गरेको समान उपलब्धिसँग दक्षिण अफ्रिकाले बराबरी गरेको छ।
दुई टोली बीचको तेस्रो तथा निर्णायक खेल शनिवार विशाखापत्तनममा हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]