default_image

2 weeks ago

December 3, 2025

मार्करमको शतकमा भारतविरुद्ध दक्षिण अफ्रिकाको‌ जित

1514 views

0 Bookmark

एजेन्सी – एडेन् मार्करमको शानदार शतक, म्याथ्यु ब्रिट्ज्के र डेवाल्ड ब्रेभिसको अर्धशतकले दक्षिण अफ्रिकाले ३ सय ५९ रनको ठूलो लक्ष्य पछ्याउँदै आज घरेलु टोली भारतलाई ४ विकेटले हराएको छ ।

दक्षिण अफ्रिकाको जितपछि ओडिआई सिरिजमा १-१ को बराबरी भएको छ। रायपुरको शाहिद वीर नारायण सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेल अत्यन्त रोमाञ्चक रह्यो।

दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको गरेको भारतले विराट कोहली र ऋतुराज गायकवाडको शतकसँगै ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रन बनाएका थियो ।

जवाफी ब्याटिङमा दक्षिण अफ्रिकाका मार्करमले ९८ बलमा १ सय १० रन बनाएर इनिङलाई लाई मजबुत बनाए ‌ । ब्रिट्ज्केले ६८ र ब्रेभिसले ५४ रन जोडेर मध्यमक्रमलाई बलियो बनाइदिए। ६ विकेटको क्षतिमा ४ बल बाँकी रहँदा दक्षिण अफ्रिकाले लक्ष्य पूरा गरेको थियो।

मार्करमले कप्तान टेम्बा बावुमा (४६) सँग दोस्रो विकेटको लागि १ सय १ र ब्रिट्ज्केसँग ७० रनको साझेदारी गरे। मार्करमले ५३ रनमा यशस्वी जयसवालले क्याच छाडेको फाइदा पूरा उठाए।

त्यसपछि ब्रिट्ज्के र ब्रेभिसले चौथो विकेटका लागि ९२ रनको साझेदारी गर्दै टोलीलाई जित तर्फ अघि बढाए। भारतले बलिङ र फिल्डिङ दुवैमा गल्ती गर्दा दक्षिण अफ्रिकालाई थप मद्दत भयो। अन्त्यतिर कोर्बिन बोस्चले अविजित २९ रन बनाएर टोलीलाई जितसम्म पुर्‍याए।

३ सय ५९ रनको लक्ष्य पछ्याइनु भारतविरुद्धको संयुक्त सबैभन्दा ठूलो सफल लक्ष्य पूरा गर्नु पनि हो। सन् २०१९ मा मोहालीमा अस्ट्रेलियाले गरेको समान उपलब्धिसँग दक्षिण अफ्रिकाले बराबरी गरेको छ।

दुई टोली बीचको तेस्रो तथा निर्णायक खेल शनिवार विशाखापत्तनममा हुनेछ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.