default_image

3 hours ago

December 9, 2025

सुदूरपश्चिम र विराटनगरबीच रोमान्चक प्रतिस्पर्धाको अपेक्षा

638 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा आज प्ले सुरु हुँदैछ।

क्वालिफायर वानमा लिग चरणको शीर्ष टोली सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किङ्सले एक अर्काको सामना गर्नेछन्। आजको खेल‌ जित्ने टोली फाइनल पुग्नेछ।

कीर्तिपुरस्थित टियु रंगशालामा खेल दिउँसो ४ बजे सुरु हुनेछ । आजको खेलअघि धेरैले यी दुई टोलीबीचको पछिल्लो खेललाई स्मरण गर्नेछन्।

जहाँ विराटनगरले एकतर्फी नतिजा निकालेको थियो। जस्तो जित चाहिएको थियो त्यस्तै निकालेको थियो।
सुदूरपश्चिमले लिग चरणमा एक मात्र हार त्यही खेलमा बेहोरेको थियो।

त्यो खेलमा १ सय ४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको थियो । त्यो जितपछि विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको थियो।

विराटनगरको जितमा विदेशी खेलाडीहरू फाफ डु प्लेसिस, साम हेजललेट र मार्टिन गप्टिलको ब्याटिङ प्रमुख रहेको थियो। आज पनि ब्याटिङमा उनीहरुकै भूमिका मुख्य रहने अनुमान गरिएको छ।

विराटनगरलाई पहिलो क्वालिफायरमा पुग्न १३.४ ओभरमा जित निकाल्नुपर्ने थियो । त्यसैले विराटनगरले आवश्यकता अनुसार सुरुवात देखि नै आक्रमक ब्याटिङ गरेको थियो।

ओपनर फाफ र हेजलेटले पहिलो पावर प्ले‌मा चौका र छक्काको बर्षा नै गराएका थिए । पहिलो पावर प्लेमा यी दुईले ८७ रन बनाए। जारी एनपिएलको पावर प्लेमा बनेको सर्वाधिक रन हो।

फाफ र हेजलेट दुबैले अर्ध शतक बनाएका थिए। कप्तान सन्दीप लामिछानेले‌ एकरुपताको प्रभावशाली प्रर्दशन गर्दै आएका छन्। उनलाई दक्षिण अफ्रिकी मर्चेन्ट डि लाङ्गेसहितका अन्य बलरले राम्रो साथ दिएका छन्।

त्यसअघिका सबै खेलमा जस्तै कठिन परिस्थितिबाट आफ्नो पक्षमा नतिजा निकालेको सुदूरपश्चिम त्यो खेलमा भने विराटनगरलाई रोक्न असफल रहेको थियो।
सुदूरपश्चिमका मुख्य ब्याटर अस्ट्रेलियन क्रिस लिन र जस ब्राउनको साथ प्ले अफमा टोलीसँग हुने छैन।

लिन चोटग्रस्त र ब्राउन अर्को व्यवसायिक प्रतिबद्धताका कारण स्वदेश फर्किसकेका छन्। सुदूरपश्चिम उनीहरुको ठाउँमा आई लिग खेलिसकेका भारतीय सेल्डन ज्याक्सन र पाकिस्तानी ब्याटर मुक्तार अहमद भित्राएको बताइएको छ। उनीहरुको प्रर्दशन कस्तो हुन्छ त्यसले पनि टोलीको प्रदर्शनमा प्रभाव पार्न सक्छ।

यद्दपी सुदूरपश्चिमले पछिल्लो खेलअघि उत्कृष्ट प्रदर्शन गरेको थियो। जसमा कप्तान दीपेन्द्र सिंह ऐरी, टोलीका सिनियर सदस्य विनोद भण्डारीलगायत नेपाली खेलाडीको प्रर्दशन स्मरण योग्य रहेको थियो।

विराटनगरविरुद्ध नखेलेको तीव्र गतिका बलर स्कट कुगल्यान सुदूरपश्चिमको अर्को बलियो हतियार हो। आज उनको प्रदर्शनले पनि सुदूरपश्चिमका लागि महत्वपूर्ण हुने सक्छ।

दुबै टोलीले अर्को मौका लिनुभन्दा सिधै फाइनल पुग्ने प्रयास गर्नेछन्। यद्दपी आज पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को एउटा मौका हुनेछ। आज जित्ने टोली सोझै फाइनल पुग्ने छ‌ भने हार्ने टोलीले काठमाडौं र लुम्बिनी लायन्सबीच हुनेछ एलिमिनेटरको‌ विजेतासँग बिहीवार खेल्नेछ।

सुदूरपश्चिम र विराटनगरबीचको पछिल्लो खेलको नतिजा

December 9, 2025

विराटनगविरुद्ध सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा आज प्ले सुरु हुँदैछ। क्वालिफायर वानमा लिग चरणको शीर्ष टोली सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किङ्सले एक अर्काको सामना गर्नेछन्। आजको खेल‌ जित्ने टोली फाइनल पुग्नेछ। कप्तान सन्दीप विराटनगरले टस जितेर ब्याटिङ रोजेको छ। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले पहिला ब्याटिङ गर्नेछ। लिच चरणको […]

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

Success

Thank you for your time.