default_image

3 hours ago

December 9, 2025

विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य, विनोदको अर्धशतक

508 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सबाट १ सय ५६ रनको मध्यम लक्ष्य पाएको छ।

टस जितेर विराटनगरले फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको नोक्सानीमा १ सय ५५ रन बनायो ।

सुदूरपश्चिमलाई विराटनगरले दबाबमा राखेको थियो। यद्दपी लामो समय ब्याटिङ गरेका ओपनर विनोद भण्डारीले अर्धशतक पूरा गर्दै धर्यतापूर्वक एउटा एन्ड सम्हाले । सुदूरपश्चिमले पावर प्लेमा १ विकेटको क्षतिमा ४२ रन बनायो ।

तेस्रो ओभरमा पाँचौं बलमा मर्चेन्ट डि लाङ्गेले मुख्तार अहमद १० को विकेट लिए । सूर्य तामाङले ७.५ ओभरमा २० रन बनाएका सेल्डन ज्याक्सनलाई आउट गरे। २९ रनमा विनोद भण्डारीलाई बसिर अहमदले जीवन दान दिए।

नरेन भट्टको बलमा उनले क्याच ड्रप गरे। १० ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ७७ रन बनाएको थियो।
१३.५ ओभरमा साम हेजलेटको बलमा इशान पाण्डे १३ रन बनाएर आउट भए । उनको मुस्किल क्याच नरेन भट्टले लिए।

१३.४ ओभरमा बाहिरको बलमा ३ रन बनाएका दीपेन्द्र सिंह ऐरी लाङ्गेद्वारा रन आउट भए। विनोदले ४४ बलमा ३ चौका र १ छक्का दोस्रो अर्धशतक पूरा गरे।

१६.३ओभरमा प्रतिश जिसीले हर्मित सिहंलाई १४ रनमा आउट गरे। १८.५ ओभरमा ६३ रनमा विनोद प्रतिशको बलमा आउट भए । २० रन बनाएका आरिफ १९.४ ओभरमा लाङ्गेको बलमा आउट भए।

लाङ्गे र प्रतिशले समान २ तथा सूर्य र साम हेजलेटले समान १ विकेट लिए। किफायती बलिङ गरेका कप्तान सन्दीप लामिछाने विकेट लिन सकेनन् । उनले ४ ओभरमा १६ रन मात्र खर्चे । यसअघि उनले सबै खेलमा गरि १५ विकेट लिएका थिए।

December 9, 2025

विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा उच्च प्रदर्शन गरिरहेका दुई टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सले आज पहिलो क्वालिफायर खेले । जसमा सुदूरपश्चिमले ७८ रनको जित निकाल्दै फाइनलमा पुगेको छ। जारी सिजनमा कुनै पनि टोलीले बनाएको यो कम स्कोर हो । सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ। लगातार दोस्रो पटक […]

December 9, 2025

विराटनगविरुद्ध सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा आज प्ले सुरु हुँदैछ। क्वालिफायर वानमा लिग चरणको शीर्ष टोली सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किङ्सले एक अर्काको सामना गर्नेछन्। आजको खेल‌ जित्ने टोली फाइनल पुग्नेछ। कप्तान सन्दीप विराटनगरले टस जितेर ब्याटिङ रोजेको छ। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले पहिला ब्याटिङ गर्नेछ। लिच चरणको […]

December 9, 2025

सुदूरपश्चिम र विराटनगरबीच रोमान्चक प्रतिस्पर्धाको अपेक्षा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा आज प्ले सुरु हुँदैछ। क्वालिफायर वानमा लिग चरणको शीर्ष टोली सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किङ्सले एक अर्काको सामना गर्नेछन्। आजको खेल‌ जित्ने टोली फाइनल पुग्नेछ। कीर्तिपुरस्थित टियु रंगशालामा खेल दिउँसो ४ बजे सुरु हुनेछ । आजको खेलअघि धेरैले यी दुई टोलीबीचको पछिल्लो खेललाई स्मरण […]

Success

Thank you for your time.