default_image

1 hour ago

December 9, 2025

भारतसँग दक्षिण अफ्रिका पराजित

168 views

0 Bookmark

एजेन्सी – भारतले पहिलो टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई १ सय १ रनले हराउँदै सानदार जित निकालेको छ।

कटकमा भएको खेलमा दक्षिण अफ्रिका मात्र १२. ३ ओभरमा ७४ रनमा अल‌ आउट भएको थियो। टि ट्वान्टी आई इतिहासमा दक्षिण अफ्रिकाको यो सबैभन्दा कम स्कोर हो ।

पहिला ब्याटिङ गरेको भारतले ६ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । ब्याटिङमा हार्दिक पाण्ड्या नायक बने। भारत दबाबमा परेको बेला उनले २८ बलमा अविजित ५९ रन बनाए र टोलीलाई बचाए। अन्य ब्याटर रन बनाउन संघर्ष गरिरहँदा हार्दिकले एक्लैले इनिङ सम्हाले।

शिवम दुबे (११ रन) ले साथ दिन थालेका थिए, तर ठूलो प्रहार गर्न जाँदा डोनोभन फेरेइराले बोल्ड गरे। पुनरागमन गरेका शुभमन गिल खेलको तेस्रो बलमै लुंगी इंगिडीबाट आउट भए। अर्का ओपनर अभिषेक शर्माले १६, तिलक वर्माले २६, अक्षर पटेलले २३, कप्तान सूर्यकुमार यादवले १२ रन बनाए ।

बलिङतर्फ पनि भारत उत्कृष्ट रह्यो। जसप्रित बुमराहले निकै अनौठो शैलीमा आफ्नो एस सयौं टि ट्वान्टी आई विकेट पूरा गरे ।

रिप्लेमा नो बल जस्तो देखिए पनि थर्ड अम्पायरले बल वैध भएको ठहराए। यो बलमै डेवाल्ड ब्रेविस आउट भए । उनी दक्षिण अफ्रिकाको अन्तिम प्रमुख ब्याटर थिए। बुमराहले त्यसै ओभरमा अर्को विकेट लिए।

त्यसपछि अक्षर पटेलले अर्को ओभरमा विकेट लिएर। दुबेले दक्षिण अफ्रिकालाई अन्तिम विकेट लिए । बरुण चक्रवर्तीले ३, अर्सदिप सिंह, बुमराह, र अक्षरले समान २ , हार्दिक र दुबेले समान १ विकेट लिए।

५ टि ट्वान्टी आई सिरिजमा भारतले १–० को अग्रता बनाएको छ।

December 9, 2025

विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा उच्च प्रदर्शन गरिरहेका दुई टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सले आज पहिलो क्वालिफायर खेले । जसमा सुदूरपश्चिमले ७८ रनको जित निकाल्दै फाइनलमा पुगेको छ। जारी सिजनमा कुनै पनि टोलीले बनाएको यो कम स्कोर हो । सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ। लगातार दोस्रो पटक […]

December 9, 2025

विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य, विनोदको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सबाट १ सय ५६ रनको मध्यम लक्ष्य पाएको छ। टस जितेर विराटनगरले फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको नोक्सानीमा १ सय ५५ रन बनायो । सुदूरपश्चिमलाई विराटनगरले दबाबमा राखेको थियो। यद्दपी लामो समय ब्याटिङ गरेका ओपनर विनोद भण्डारीले अर्धशतक […]

December 9, 2025

विराटनगविरुद्ध सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा आज प्ले सुरु हुँदैछ। क्वालिफायर वानमा लिग चरणको शीर्ष टोली सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किङ्सले एक अर्काको सामना गर्नेछन्। आजको खेल‌ जित्ने टोली फाइनल पुग्नेछ। कप्तान सन्दीप विराटनगरले टस जितेर ब्याटिङ रोजेको छ। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले पहिला ब्याटिङ गर्नेछ। लिच चरणको […]

Success

Thank you for your time.