default_image

7 years ago

May 23, 2017

पूर्वाञ्चलमाथि आर्मीको शानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको प्रथम प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले प्रभावशाली जित निकालेको छ । प्रतियोगिता अन्तर्गत मंगलबारबाट सुरु भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीले पूर्वाञ्चलमाथि ९ विकेटको शानदार जित निकालेको हो । आर्मीको शानदार जितमा सागर पुनले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे भने अनिल मण्डलले अर्धशतक पूरा गरे । कीर्तिपुरस्थित […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको प्रथम प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले प्रभावशाली जित निकालेको छ । प्रतियोगिता अन्तर्गत मंगलबारबाट सुरु भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीले पूर्वाञ्चलमाथि ९ विकेटको शानदार जित निकालेको हो ।

आर्मीको शानदार जितमा सागर पुनले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे भने अनिल मण्डलले अर्धशतक पूरा गरे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा पूर्वाञ्चललले दिएको १ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले १८ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो । आर्मीले ओपनर महेश क्षेत्रीलाई पहिलो ओभरमै शुन्यमा गुमायो । मेहबुब आलमले महेशलाई एलबिडब्लुको शिकार बनाए । तर, दोस्रो विकेटका लागि अनिल मण्डल र सागर पुनले अविजित १ सय ६ रनको साझेदारी गरेपछि आर्मीले शानदार जित हात निकाल्यो। मण्डलले ६३ बलमा ८ चौका प्रहार गर्दै ५६ रन बनाए भने ४८ बल खेलेका सागरले ३ चौका र १ छक्काको मद्दतमा ४० रनको योगदान दिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पूर्वाञ्चल ३२ ओभर २ बल खेल्दै १ सय ३ रनमा समेटियो । पूर्वाञ्चलका लागि मेहबुब आलमले सर्वाधिक ३६ रन बनाए । ४२ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे । यस्तै विधान गोस्वामीले १९ तथा अंकित सुवेदीले १२ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । पूर्वाञ्चललाई सस्तैमा समेट्ने क्रममा आर्मीका सागर पुनले ९ ओभर बलिङ गर्दै २ मेडन राखेर १६ रन खर्चिदै सर्वाधिक ५ विकेट लिए । यस्तै सुशन भारीले ३ तथा सोमपाल कामीले २ विकेट आफ्नो नाममा लेखाए । धनगढी प्रिमियर लिगबाट उदाएका शाहव आलमले ५ ओभर बलिङ गर्दा १ मेडन राख्दै कुनै विकेट निलइ १४ रन खर्चे ।

जितपछि समूह ‘बी’ मा रहेको आर्मीले २ अंक जोडेको छ । अलराउन्ड प्रदर्शन गरेका आर्मीका सागर पुन म्यान अफ दि म्याच घोषित हुदै ५ हजार प्राप्त गरे ।

प्रतियोगितामा तीन विभागीयसहित सहभागी आठ टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, मध्यमाञ्चल बिकास श्रेत्र, मध्यपश्चिमाञ्चल बिकास क्षेत्र र पश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पूर्वाञ्चल बिकास क्षेत्र र सुदुरपश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् । प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिग खेलमा जित्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख रुपैया र उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिता अन्तर्गत बुधबार समूह ‘बी’ कै नेपाल पुलिस र सुदूरपश्चिमाञ्चल बीच खेल हुनेछ ।

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

Success

Thank you for your time.