8 years ago
July 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोलीले आइसीसी यू१९ विश्वकप छनोट एसिया क्षेत्र अन्तर्गत पहिलो दुई खेलमा जित दर्ता गरेको छ। नेपालले पहिलो खेलमा आयोजक सिंगापुरलाई ४ विकेट र दोश्रो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको हो। नेपालको दोश्रो जितपछि प्रशिक्षक बिनोद दासले केहि प्रश्नको जवाफ यसरी दिएका छन्।
आजको जितलाई कसरी लिनुभएको छ?
हामीले जित हासिल गर्यौं तर खेलमा अझै सुधार गर्नु आवश्यक छ। हामीले ब्याटिङमा अझ राम्रो प्रदर्शन गर्नुपर्ने देखेको छु।
सन्दिपको प्रदर्शनबारे के भन्नुहुन्छ?
सन्दिपले एकदमै राम्रो बलिङ गरिरहेका छन्। पिचले पनि उनलाई साथ दिएको छ। लगातार २ विकेट लिनु चानचुने कुरा हैन, उनले मेहेनतको फल पाएका हुन्।
ब्याटिङमा के मिलेको छैन?
बल राम्रोसँग ब्याटमा आइरहेको छैन। ब्याटिङ गर्न केहि कठिन पक्कै भएको हो। तर सुरुका खेलहरुमा कम लक्ष्य भएकाले पनि हामीले आक्रामक ब्याटिङ गरेर रनरेटमा अफागनिस्तानलाई टक्कर दिन खोजेका हौँ। हामीले सकेसम्म सटहरु खेल्ने योजना बनाएका थियौं। तर अब आउने दिनमा भने खेलअनुसार सामान्य ब्याटिङ गर्नेछौँ।
अफगानिस्तानसँग कसरी उत्रनेछौँ?
हामी एकदम ढुक्कसँग खेल्छौं। हाम्रो बलिङ एकदम राम्रो छ र फिल्डिङपनि चुस्त रहेको छ। हामीले राम्रो ब्याटिङ गर्न सक्यौं भने अफागनिस्तान दबाबमा आउनेछ। हामी उक्त खेलको व्यग्र प्रतिक्षामा छौँ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]