8 years ago
July 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपालले चौथो खेलमा आयोजक सिंगापुरको सामना गर्दैछ। टस जितेर ब्याटिङ रोजेको नेपालले २५ ओभरको खेल सकिंदासम्म ४ विकेटको क्षतिमा ९६ रन जोड्न सफल भएको छ।
विगतको खेलको तुलनामा ब्याटिङ क्रम परिवर्तन गरेको नेपालका लागि सन्दिप सुनार र अनिल शाह पारीको सुरुवात गर्न आएका थिए। पारीको तेश्रो ओभरमै नयाँ ओपनर अनिल शाह ७ रन्को व्यक्तिगत स्कोर बनाउँदै आर्यमान सुनिलको बलमा फाइन लेगको दिशामा क्याच आउट भए। तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका प्रनित थापा पनि ८ रन जोड्दै कट बिहाइन्ड भए।
पछिल्ला खेलमा ओपनरको भूमिका निर्वाह गरेका आसिफ शेख ३ रनमा बोल्ड भए। टोलीको योगफल ३९ रन छंदा उनि आहान गोपीनाथले फ्याँकेको १२औं ओभरमा बोल्ड भएका थिए। २०औं ओभरमा सन्दिप सुनार पनि आहानकै बलमा कट बिहाइन्ड भए। उनले ५५ बलको सामना गर्दै २ चौका र १ छक्काको मद्दतले २६ रन जोडेका थिए।
अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल ब्याटिङ गर्दै छन्। दिपेन्द्र सिंह ऐरी २५ रनमा अविजित छन् भने रोहित १२ रन बनाएर खेलिरहेका छन्। नेपालका लागि ब्याटिङ क्रममा यसपछि प्रकाश केसी र पवन शर्राफको नाम रहेको छ। त्यसपश्चात बलरहरु सन्दिप लामिछाने, ललित राजवंशी र किशोर महतो रहेका छन्।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]