default_image

8 years ago

July 23, 2017

विश्वकप छनोटमा नेपाल र मलेसिया भिड्दै

144 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत सोमबार हुने खेलमा नेपाल र मलेसिया भिड्दैछन्। नेपाल अंक तालिकामा दोश्रो स्थानमा छन् भने मलेसिया पुछारमा रहेको छ।

नेपालले पछिल्लो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो। टस जितेर फिल्डीङ रोजेको नेपालले मलेसियालाई ५८ रनमा अलआउट पारेको थियो। तर नेपालले उक्त लक्ष्य प्राप्त गर्न आफ्नो ५ विकेट गुमाएको थियो। कप्तान सन्दिप लामिछानेले उक्त खेलमा ५ विकेट लिएका थिए।

अंक तालिकामा नेपालको ४ खेलमा ६ अंक छ भने मलेसियाले कुनै अंक जोड्न सकेको छैन। शीर्ष स्थानमा रहेको अफगानिस्तानले सबै खेल जित्दै ८ अंक जोडेको छ र आयोजक टोली सिंगापुरको २ अंक छ। यी दुई टोलीको खेल भोली नै हुनेछ।

छनोटको गणितीय सम्भावना कायम राख्न नेपालले भोलीको खेल जित्नैपर्ने हुन्छ। यता मलेसिया भने प्रतियोगितामा पहिलो जित हात पर्ने सुरमा उत्रने छ। खेल नेपाली समयानुसार ७:१५ बजे सुरु हुनेछ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.