8 years ago
July 24, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत दोश्रो राउण्डको दोश्रो खेलमा नेपालले मलेसियाविरुद्ध खेल्दैछ। खेलमा नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लिएको छ।
यी दुइ टोलीबिचको पछिल्लो खेलमा नेपाल ५ विकेटले विजयी रहेको थियो। त्यस खेलमा नेपालले मेल्सियालाई ५८ रनमा अलआउट गरेको थियो। त्यसयता नेपालले अफगानिस्तानसँग ठुलो अन्तरको हार व्येहोरीसकेको छ। मलेसिया भने अझैपनि प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ।
खेलका लागि प्रशिक्षक बिनोद दासले पछिल्लो खेलबाट ३ परिवर्तन गरेका छन्। ललित नारायण राजबंशीको ठाउँमा शाहब आलम फर्किएका छन् भने रिजन ढकालले पवन शर्राफको स्थान लिएका छन्। आसिफ शेखको स्थानमा आदील खान आएका छन्।
मलेसिया विरुद्धको टोली:
१. सन्दिप लामिछाने, २. दिपेन्द्र सिंह ऐरी, ३. अनिल कुमार साह, ४. प्रकाश केसी (विकेट किपर), ५.आदील खान , ६. रोहित कुमार पौडेल, ७. रिजन ढकाल, ८. साहब आलम, ९. प्रनित थापा मगर, १०. सन्दिप सुनार, ११. किशोर महतो
प्लेइङ ११ मा नपरेका:
१२. ललित नारायण राजबंशी
१३. आसिफ शेख
१४. पवन शर्राफ
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]