8 years ago
July 24, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपालले आइसीसी यू १९ विश्वकप छनोटमा आज मलेसियालाई ५ विकेटले हराएको छ । ९० रनको लक्ष्य पछ्याएको नेपालले २२.२ ओभरमा ५ विकेट गुमाउँदै ९२ रन बनाएको थियो । पाँचौ खेलमा नेपाली युवा टोलीको यो चौथो जित हो ।
पहिलो विकेटका लागि सन्दीप सुनार र अनिल शाहले ३० रनको साझेदारी गरेपनि त्यसपछि नेपालको इनिङ केही लडखडाएको थियो । ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेको युवा टोलीले सोमबारको खेलमा पनि ९० रन लक्ष्यका पुरा गर्न ५ विकेट खर्चनु परेको थियो ।
पछि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेलले छैटौं विकेटका लागि अविजित ५२ रनको साझेदारी गरेपछि नेपालको जित सहज बनेको थियो । रोहित ३४ र दीपेन्द्र १९ रनमा अविजित रहे ।
रोहितले ३७ बलमा ६ चौका र दीपेन्द्रले २९ बलमा १ चौका प्रहार गरे । सन्दीपले १५, अनिले १२ रन बनाए । प्रनित थापा ८ रनमा आउट भए भने अदिल खान र प्रकाश केसीले खाता खोल्न सकेनन् । मलेसियाका विरानदिप सिंहले ३ र हाफिजुद्दिनले २ विकेट लिएका थिए । त्यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालका स्पिनर चम्किएपछि मलेसिया ३५.१ ओभरमा ८९ रन जोड्दै अलआउटभएको थियो ।
नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले फिल्डिङ रोज्ने निर्णयलाई आफैले सहि साबित गर्ने क्रममा ७ विकेट लिएका थिए । खेलको दोश्रो ओभरमै ओपनर सफिउल्ला मलिकलाई शुन्यमा गुमाएको मलेसियाको लागि दोश्रो विकेटको साझेदारी भने महत्वपूर्ण रह्यो । कप्तान विरानदिप सिंह र साएद अजिज मुबारकले ५८ रनको साझेदारी गरेका थिए । नेपालका कप्तान सन्दिप लामिछानेले आफ्नो पहिलो ओभरमै ४६ रनमा खेलिरहेका मुबारकलाई कट बिहाईन्ड गराएका थिए ।
६६ बल खेलेका मुबारकले ७ चौका र १ छक्का प्रहार गरे । सन्दिपले आफ्नो दोस्रो ओभरमा कप्तान विरानदिपको पनि विकेट लिंदै मलेसियालाई थप संकटमा पारेका थिए । त्यसपछि नियमित विकेट गुमाएको मलेसियाको लागि कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । मलेसियाका ४ ब्याट्सम्यान खाता नखोली पेभेलियन फर्केका थिए । नेपालका लागि साहब आलमले २ विकेट लिए। प्रतियोगितामा पहिलो खेल खेलिरहेका रिजन ढकालले पनि १ विकेट लिए ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]