default_image

8 years ago

July 30, 2017

इपिएल डिसेम्बरमा हुने; विजेतालाई २१ लाख

182 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग टि-२० क्रिकेट प्रतियोगिताको दोश्रो संस्करण यहि आउँदो डिसेम्बर महिनामा हुने भएको छ। प्रतियोगिताको आयोजक इपिएल प्रा.लि.ले आज राजधानीमा एक कार्यक्रमबीच प्रतियोगिताको लोगो पनि अनावरण गरेको हो।

गत सिजन ६ फ्र्यान्चाइज सम्मिलित लिगमा यस पटक भने ६ ओटा सहरको नाम प्रयोग गरिने भएको छ उक्त टोलीहरुको मालिकको नाम भने अझै टुङ्गो नलागेको र छिट्टै त्यसको विस्तृत विवरण सार्वजनिक हुने प्रतियोगिताका संस्थापक आमिर अख्तरले जानकारी दिए। यसपटक प्रतियोगितामा काठमाडौँ, ललितपुर, पोखरा, भैरहवा, बिरगंज र बिराटनगरले सहभागिता जनाउनेछन्

प्रत्यक टोलीमा १५ खेलाडी रहनेछन् भने टोलीको समीकरणको लागि पनि छुट्टै नियम बनाइएको छ टोलीमा रहने १० खेलाडी अक्सनबाट छानिनेछन् भने १ खेलाडी स्थानीय स्तरमा छनोट प्रतियोगितामार्फत राखिनेछ। त्यस्तै प्रत्यक टोलीमा १ जना मार्की खेलाडी रहनेछन् भने ३ जना विदेशी खेलाडी अनिवार्य रुपमा राख्नुपर्ने प्रावधान रहेको छ। प्रतियोगिताको विजेता टोलीले नगद रु २१ लाख पाउनेछ। अन्य पुरस्कारको घोषणा भने पछि मात्र गरिने जानकारी दिईयो।

इपिएलका संस्थापक आमिर अख्तर

टोलीमा रहने मार्की खेलाडी, टोली र टोलीका मालिकको नाम भने अर्को कार्यक्रम मार्फत सार्वजनिक गर्ने अख्तरले जानकारी दिए। सिंगल राउण्ड रोबिन लिगको पद्दतिमा खेलिने प्रतियोगितामा प्लेअफ चरण पनि रहने टर त्यसबारे भने टेक्निकल कमिटीले अन्तिम निर्णय लिन बाँकी रहेको उनले बताए प्रतियोगिताका सबै खेल किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछ

प्रतियोगिताको व्यवस्थापन र दर्शक दिर्घामा विशेष स्टलहरु राख्नका लागि भारतको प्रतिष्ठित क्रिकेट लिग आइपिएल (इन्डियन प्रिमियर लिग)मा अनुभव बटुलेका व्यक्तित्वहरुको पनि सहभागिता रहने जानकारी दिइयो यस पटक मैदानभित्र मात्र नभएर मैदान बाहिर पनि अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन गरिने संस्थापक अख्तरले जानकारी दिए

उनले नेपाली क्रिकेटमा इतिहास लेख्दै आएको इपिएलले अर्को खुड्किलो टेक्न लागेको बताए ‘इपिएलको पछिल्लो संस्करण भव्यरुपमा सम्पन्न भएको थियो र यसपटक हामी अझ भव्य रुपमा आयोजना गर्ने लक्ष्यसहित उपस्थित भएका छौँ। अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने सुरमा हामीले विदेशी खेलाडी अनिवार्य गरेका छौँ र व्यवस्थापनमा पनि विशेष जोड दिएका छौँ।’

कार्यक्रममा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यस प्रतियोगितालाई लिएर आफुसँगै सम्पूर्ण क्रिकेट परिवार निकै उत्साहित रहेको बताए। ‘हामी निकै उत्साहित छौँ। पछिल्लो संस्करणमा नै इपिएलले विशेष प्रतियोगिता आयोजना गरेको थियो। यसपटक झनै भव्यरुपमा आयोजना हुन लागेको सुन्दा निकै खुशी छु। इपिएलले नेपाली क्रिकेटमा नयाँ आयाम ल्याएको थियो र सँगसँगै डीपिएलले यसलाई बढावा दिएको छ। देशमा क्रिकेटको संघ निलम्बनमा परेको अवस्थामा यस्तो प्रतियोगिता हुँदा निकै सहयोग विकासमा पुगेको छ। आशा गरौँ यस प्रतियोगिता सुरु हुँदासम्म नेपालमा क्रिकेट संघ स्थापित भइसक्नेछ।’ उनले सिप्यान (क्रिकेट खेलाडी संघ, नेपाल)ले प्रतियोगिताको आयोजकसँग विविध विषयमा सहकार्य गरिरहेको बताए।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का

यस्तै राष्ट्रिय टोलीका प्रशिक्षक एवं राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधि समेत रहेका जगत टमाटाले यस प्रतियोगिताले नेपाली क्रिकेटलाई फाइदा पुग्ने बताए। ‘ यस किसिमका प्रतियोगिताले नेपालको क्रिकेट विकासमा टेवा पुगेको छ। राखेप पनि यस्तो प्रतियोगिताको आयोजनालाई लिएर एकदम सकारात्मक रहेको छ। विदेशी खेलाडीको उपस्थितिले हाम्रो स्थानीय खेलाडीलाई थप अनुभव पुग्ने विश्वास लिएका छौँ।’

प्रतियोगिताको अक्सनमा खेलाडीहरुलाई ३ समूहमा विभाजन गरिने र १० खेलाडी प्रत्यक टोलीमा अक्सन मार्फत छनोट गरिने बताइएको छ यसका लागि नेपाली खेलाडीहरुलाई तिन वर्गमा विभाजन गरिएको छ प्रत्यक टोलीमा ‘क’ वर्गका ३, ‘ख’ वर्गका ‘४’ र ‘ग’ वर्गका ३ खेलाडी अनिवार्य रुपमा समावेश गरिनुपर्ने प्रावधान रहेको छ

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.