default_image

8 years ago

August 14, 2017

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षणमा २५ खेलाडी बोलाइए

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आइसिसी विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २५ खेलाडी बेलाइएका छन् । नपाल र घरेलु टोली हङकङबीच अक्टुबर १३ र १५ मा एक दिवसय प्रतिस्पर्धा हुनेछ ।

Nepal Cricket Team vs Oman (5)

राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको दुई सदस्यीय टोलीले खेलाडीको छनोट गरेको हो । गत बर्षका प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको बताइएको छ ।

विश्व कप छनोटका लागि खुड्किलोको रुपमा रहेको डब्लूसिएलमा नेपाल ८ अंकसहित छैटौं स्थानमा छ भने ११ अंक जोडेको हङकङ चौथो स्थानमा छ । नेपालले १० खेलमा ४ खेलमा जितेको छ भने ६ खेलमा हार बेहोरेको थियो ।

बन्द प्रशिक्षमा डाकिएका खेलाडी
१. पारस खड्का (कप्तान) २.ज्ञानेन्द मल्ल ३. शरद भेषावकर ४. शुसिल कडेल ५. शक्ति गौचन ६. नरेश बुढाएर ७.अभिनाश कर्ण . ललितसिंह भण्डारी ९. सन्दीप लामिछाने १०. विक्रम शोव ११. महबुब आलम १२. सौरव खनाल १३. जितेन्द्र मुखिया १४. कुशल भुर्तेल १५. दीलिप नाथ १६. आरिफ शेख १७. हासिम अंसारी १८. सुसन भारी १९.सागर पुन २०. दीपेन्द्र सिंह ऐरी २१. सुनिल धमला २२. बसन्त रेग्मी २३. करन केसी २४.विनोद भण्डारी २५. सोमपाल कामी

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.