default_image

8 years ago

August 24, 2017

महिला टि ट्वान्टी विश्व कप छनोट– नेपालको पहिलो खेल थाइल्यान्डसँग

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल समेत सहभागी रहेको महिला टि ट्वान्टी विश्व कपका लागि एसियाली छनोटको खेल तालिका सार्वजनिक भएको छ । एसियाली छनोट मंसिर ४ देखि ११ गते सम्म थाइल्यान्डको बैंककमा हुनेछ ।

Nepal Womens Cricket

छनोटमा नेपालसहित थाइल्यान्ड,हङकङ, संयुक्त अरब इमिरेट्स (यूएइ) र चीनको सहभागिता रहनेछ । सहभागी पाँचै टोलीले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्षस्थानमा रहेका दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । छनोटको विजेताले अर्को बर्ष वेस्ट इन्डिजमा आयोजना हुने टि ट्वान्टी विश्व कपमा एसियाको प्रतिनिधित्व गर्नेछ ।

आयोजक थाइल्यान्डसँग मंसिर ४ गते खेल्दै नेपालले छनोटको यात्रा प्रारम्भ गर्नेछ । त्यसको भोली मंसिर ५ गते पल्ट हङकङको सामना गर्ने नेपालले मंसिर ७ गते युएइ र मंसिर १० गते चीनसँग प्रतिस्पर्धा गर्नेछ ।

 

 

एसियाली छनोटमा नेपालको खेल
विरुद्ध
थाइल्यान्ड –   मंसिर ४ गते
हङकङ –     मंसिर ५ गते
युएइ –           मंसिर ७ गते
चीन –            मंसिर १० गते

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.