8 years ago
August 30, 2017
कोलम्बो (एजेन्सी)– भारतसँगको पाँच एक दिवसिय श्रृखंला नसकिदै श्रीलंकाको खेलाडी छनोट समितिले राजीनामा दिएको छ । टेस्ट क्रिकेटमा ३–० ले ह्वाइटवास भएपछि श्रीलंका जारी एक दिवसयि श्रृखंलामा ३–० ले पछि परिसकेको छ । आइतबारको हारपछि आक्रोषित दर्शकले मैदानमा बोटल समेत फालेका थिए ।
‘हामीले राजीनामा दिने निर्णय गरेका छौं,’ छनोट समितिका प्रमुख एवंम् श्रीलंकाका पूर्व कप्तान सनथ जयसूर्याले भने, ‘राजीनामा दिनुको कारणसहितको जानकारी हामीले खेलकुद मन्त्रीलाई दिइसकेका छौं ।’ झन्डै एक बर्षअघि श्रीलंकाले अस्टे«लियाविरुद्धको टेस्ट श्रृखंला ३–० ले जितेको थियो ।
तर, सन् २०१७ यता भने टोलीको प्रदर्शन निकै कमजोर भएको छ । दक्षिण अफ्रिकासँग एक दिवसयी श्रृखंला गुमाएको श्रीलंकाले त्यसपछि बंगलादेशसँगको टेस्ट श्रृखंलामा पनि हार बेहोरेको थियो । आइसिसी ट्रफीमा समूह चरणमा समूहको अन्तिममा रहेपछि तत्कालिन प्रशिक्षक ग्राहम फोर्डले राजनीनामा दिएका थिए । फेरी जिम्बावेसँगको एक दिवसिय श्रृखंला गुमाएपछि एन्जेलो म्याथुजले कप्तानबाट राजीनामा दिएका थिए ।
देशका खेलकुद मन्त्रीको आलोचना गरेपछि तीब्र गतिका जुनमा बलर लासिथ मालिंगालाई जरिवाना गुर्नका साथै प्रतिबन्ध पनि लगाइएको थियो । त्यस्तै अर्का पूर्व कप्तान एवंम् राजनीतिज्ञ अर्जुना रनतुंगाले पनि छनोट समितिको चर्को ओलोचना गरेका थिए ।
मैदान बाहिर मात्र होइन श्रीलंकाली टोलीको मैदान भित्र पनि त्यस्तै समस्या रहेको छ । दानुस्का गुनातिलका, कुशल परेरा, एसिला गुनारत्ने, नुवान प्रदीप र टेस्ट टोलीका कप्तान दीनेश चण्डिमाल चोटग्रस्त छन् । भारतविरुद्धका अन्तिम दुई खेल कोलम्बोमा हुँदैछ । चौथो बिहीबार र पाँचौं तथा अन्तिम ३ सेप्टेम्बरमा हुनेछ । यी दुई बीच एउटा ट्वान्टी ट्वान्टी क्रिकेट सेप्टेम्बर ६ मा हुनेछ । त्यसअघि अर्को छनोट समिति बनिसक्ने बताइएको छ ।
यद्दपी जादाजाँदै अहिलेको छनोट समितिले चौथो खेलका लागि कप्तान तोक्न सक्नेछ । नियमित कप्तान उपुल थारंगालाई स्लो ओभर रेटका कारण आइसिसीले दुई खेलको प्रतिबन्ध लगाएको छ । अघिल्लो खेलमा कप्तानी गरेको चामारा कापुगेडेरा पनि ढाडको समस्याका कारण बिहीबार खेल्नेमा शंका छ ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]