8 years ago
August 30, 2017
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेटको सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको एपिवान टेलिभिजनले तीनवर्षसम्म प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।फ्रेन्चाइज र अक्सनका आधारमा आगामी डिसेम्बरमा आयोजना हुने इपिएल र एपिवान टेलिभिजनबीच बुधबार प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार इपिएललाई एपीवानले हरेक वर्ष १ करोडको दरले तीनवर्षसम्म ३ करोड रुपैयाँबराबरको ब्रोडकाष्टिङ सम्झौता गरेका हुन् । प्रत्यक्ष प्रशारण सम्झौतामा इपिएलका सस्थापक आमिर अख्तर र एपीवान टिभिका एमडी लक्ष्मीप्रसाद पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापछि इपिएललाई एपीवानले बार्षिक एक करोडमा रुपैयाँ तिर्नेछ । जसमा वार्षिक १० प्रतिशतले वृद्धि हुने उल्लेख गरिएको छ ।
एपीवानले अब इपिएललाई वार्षिक ५० लाख नगद दिनेछ भने ५० लाखबराबरको सेवा उपलब्ध गराउने छ । ५० लाख मध्ये प्रतियोगितामा सहभागिता जनाउने ६ क्लबले एक टिम बराबर ७ लाख १४ हजार रुपैया प्राप्त गर्ने उल्लेख छ । सम्भौतामा हस्ताक्षरपछि इपिएलका फाउन्डर आमिर अख्तरले १ महिना अघि लोगो सार्वजनिक गरिएको इपिएल क्रिकेटलाई एपिवान टेलिभिजनले प्रत्यक्ष प्रसारणको प्रायोजन गर्नु खुशीको कुरा रहेको बताए ।
उनले अब टिमको अक्सन दशैपछि गर्ने बताए । एपिवानका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौड्यालले इपिएलसँग जोडिन पाउनु आफ्नो टेलिभिजनको लागि गौरवको कुरा रहेको बताए । ‘धनगढीमा भएको डिपिएलबाट शुरु भएको प्रत्यक्ष प्रसारणको श्रृंखला एन्फा हुदै एइपिएलसँग जोडिएको छ ।’ प्रबन्ध निर्देशक पौड्यालले भने, ‘इपिएल र हाम्रा ट्युनिङ मिलेको हुनाले हामी सम्झौतामा पुगेका हौ । यसले नेपाली क्रिकेटलाई नै माथि ल्याउने काम गर्दछ ।’
सम्झौतापछि इपिएल खेलहरु प्रत्यक्ष प्रशारण गर्नका लागि एपिवानले १२ वटा क्यामेरा राख्नेछ । त्यस्तै इपिएलमा पहिलो पटक थर्ड अम्पायरको पनि व्यवस्था गरिनेछ । प्रतियोगिता दौरान एपि वानले त्रिवि क्रिकेट मैदानमा ठूलो स्क्रिन पनि राख्नेछ भने उसले प्रत्यक्ष प्रसारणमा ग्राफिक्स र अन्य कम्प्युटर प्रोग्राम पनि प्रस्तुत गर्नेछ ।
सम्झौता पछि एपी वानले सबै खेलको प्रत्यक्ष प्रसारणको अधिकार प्राप्त गरेको छ । राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा ६ शहरका ६ टिमको सहभागिता रहनेछ । इपिएलको विजेताले २१ लाख प्राप्त गर्नेछन् । यसपटक काठमाडौं, ललितपुर, विराटनगर, भैरहवा, बीरगन्ज र पोखराको सहभागिता रहेको छ ।
प्रतियोगितामा सहभागी प्रत्येक टिमले लिगमा एक अर्कासँग एक एक खेल खेल्नेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ ।
प्रतियोगिताका लागि खेलाडीहरु अक्सनबाट छनौट गरिनेछ । अक्सनमा ए, बि र सी समूहका खेलाडी रहने छन् । एक टिममा १५ खेलाडी रहनेछन् । १० खेलाडी अक्सनबाट तीन विदेशी र एक जना ट्यालेन्ट हन्ट बाट खेलाडी छनौट गरिनेछ । टिममा तीन विदेशी खेलाडी अनिवार्य गरिएको छ ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]