8 years ago
August 31, 2017
काठमाडौं(हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा गणेश बहादुर प्रानमाया चित्रकार स्मृति कप यु–१९ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता काठमाडौंको टुडिखेलमा भदौ १६ गतेदेखि भदौं २४ गतेसम्म हुने आयोजकले बिहिबर पत्रकारसम्मेलन मार्फत जानकारी गरायो । यस्ता खालका प्रतियोगिताहरुले खेलाडीमा थप मनोल पुग्ने भएकाले पूर्व सभासद् तथा समाजसेवी रामकृष्ण चित्रकारको आफ्नो स्वर्गीय मातापिताको नाममा यस प्रतियोगिताको आयोजना गर्न लागिएको एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले जानकारी गराए ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले जानकारी गराए । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेक्सस र ओमेगा कलेजले प्रतिस्पर्धा गर्नेछन् । यस्तै अर्काे खेलमा केसीटिसी र र पुलिस स्कुल साँगाबीच खेल हुनेछ ।
नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एनसीए, ओमेगा, कलेज, क्यानन, क्लब, जिएजसीए बी, राइजिड, जिएजसीए ए, एकआइसी ए र केसीटीसी बी रहेका छन् । यस्तै समूह ‘बी’ मा नेपाल पुलिस स्कुल सागा, केसीटीसी ए, आयोजक नेक्सस, हिमालयन क्रिकेट एकेडेमी, एमडब्लुसीसी कोहलपुर, टिम टाइटन बुटवल, आरसीए र सगरमाथा क्रिकेट क्लब रहेका छन् । प्रतियोगिताको विजेताले टिमले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको म्यान अफ द सिरिज, उदयीमान खेलाडी, उत्कृष्ट वलर, ब्याटसम्यान र म्यान अफ द म्याचलाई पुरस्कृत गरिनेछ ।
प्रतिस्पर्धी टोलीहरुलाई दुई समूहमा बाडिएको छ। समुह ए मा एनसीए, ओमेगा, कलेज, क्यानन, क्लब, जिएजसीएबी, राइजिड, जिएजसीए ए, एकआइसी ए र केसीटीसी बी रहेको छन् ।
प्रतियोगितालाई डब्लुआरआई कन्सलटेन्सीले मुख्य प्रायोजन गरेको छ भने, राजश्री गुरुकुल स्कुलले प्रथम पुरस्कार तथा ललितपुर इन्जिनियररिङ कलेजले दोस्रो पुरस्कार प्रायोजन गरेको छ ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]