8 years ago
September 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं क्रिकेट टेनिङ सेन्टर (केसीटिसी) र ग्रेटर हिमालयन क्रिकेट एकेडेमी काठमाडौंको टुडिखेलमा संचालन भैरहेको प्रथम गणेश बहादुर‒प्राणमाया चित्रकार स्मृति कप यू–१९ क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा भैरहेको प्रतियोगितामा केसीटिसीले जेभिएर ईन्टरनेशनल कलेजलाई तथा गे्रटर हिमालयन क्रिकेट एकेडेमीले राईजिङ–११ लाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । गणेश बहादुर प्राणमाया चित्रकार स्मृति कप अन्डर नाइन्टिन क्रिकेट केसीटिसीले जेभिएर ईन्टरनेशनल कलेजलाई ४ विकेटले पराजित गर्यो ।
केसीटिसीले टस जितेर फिल्डिङ रोज्दा ब्यटिङ गर्ने निम्तो पाएको जेभिएर ईन्टरनेशनल कलेजले निर्धारित २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै ७९ रन बनाएको थियो । जेभिएर ईन्टरनेशनल कलेजका रबी शाहाले २४ रनको योगदान गरेका थिए । बलिङतर्फ रित गौतमले २ विकेट लिएका थिए । ८० रनको लक्ष्य पछ्याउदै ब्याटिङमा उत्रेको केसीटिसी १७.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य भेट्टायो । केसीटिसीका बिश्वास श्रेष्ठले १३ रन बनाएका थिए । केसीटिसीका प्रतिक कान्तले ४ ओभरमा ११ रन खर्चिदै ४ वीकेट लिन सफल भएका थिए । उक्त खेलको म्यान अफ द म्याच केसीटिसीका प्रतिक कान्त घोषित भएका छन ।
आईतबार नै सम्पन्न भएको दास्रो खेलमा राईजिङ ११ लाई ४९ रनले पराजित गर्दै ग्रेटर हिमालयन क्रिकेट एकेडेमी क्वाटर फाइनलमा प्रवेश गरेको हो । टस हारेर पहिला व्यटिङ गरेको गे्रटर हिमालयन क्रिकेट एकेडेमीले निर्धारित २० ओभरको समाप्तिमा अलआउट हुदै १ सय ५ रन जोड्न सफल भएको थियो । जिएचसीएका रबिन्द्रजंग शाहीले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ राईजिङ ११ का प्रकास सिंहले ३ विकेट लिएका थिए । जवाफी व्यटिङ गरेको राईजिङ ११ ले १७.२ ओभरमा अलआउट हुदै ५७ रनमा समेटिदा उक्त खेल गुमाएको थियो । राईजिङ ११ का रामेश्वर बिष्ट ११ रन बनाएका थिए । जिएचसीएका प्रदिप टन्डनले ३ विकेट लिए । उक्त खेलको जिएचसीएका प्रदिप टन्डन म्यान अफ द म्याच भएका थिए । १६ टिमले भाग लिएको प्रतियोगिता २४ गतेसम्म नकआउट आधारमा सञ्चालन भइरहेका छन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]