8 years ago
September 4, 2017
कोलम्बो (एजेन्सी) – भारतले श्रीलंकाविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘ह्वाइटवास’ गरेको छ । श्रृखंलाको पाँचौं तथा अन्तिम खेलमा गए राती खेल जीवनमा पहिलो पटक भुवनेश्वर कुमारले ५ विकेट र कप्तान विराट कोहलीले अविजित शतक बनाएपछि भारतले श्रीलंकालाई ६ विकेटले हरायो । घरेलु मैदानमा श्रीलंका एक दिवसिय क्रिकेट श्रृखंलाको इतिहासमा पहिलो पटक ह्वाइवास भएको छ ।

२ सय ३९ रनको लक्ष्य पछ्याएको भारतले ४३.३ ओभरमा नै ४ विकेटको क्षेतिमा आवश्यक रन जोडेको यिथो । २७ रनमा दुवै ओपनर गुमाएपछि कप्तान कोहलीले भारतीय इनिङ्स सम्हालेका थिए । ओपनर रोहित शर्मा १६ रन र अजिंक्या रहाने ५ रनमा आउट भएपनि कोहलीले अविजित १ सय १० रनमा बनाउँदै टोलीलाई सहज जित दिलाएका थिए ।
कोहलीलाई केदार जादवले राम्रो साथ दिएका थिए । ६३ रन बनाएका जादवले चौथो विकेटका लागि कोहलीसँग १ सय ९ रनको साझेदारी गरेका थिए । जादवले ७३ बलमा ७ चौका प्रहार गरे । १ सय १६ बल खेल्दै कोहलीले ९ चौका प्रहार गरेका थिए । कोहलीको एक दिवसिय क्रिकेटमा त्यो ३० औं शतक हो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले ४९.४ ओभरमा सबै विकेट गुमाएर २ सय ३७ रन जोडेको थियो । कप्तान उपुल थरंगाले ४८ , लहिरु थिरीमानेले ६७ र एञ्जेलो म्याथीयुसले ५५ बाहेक श्रीलंकाका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । श्रीलंकालाई सस्तोमा समेट्न भुवनेश्वर कुमारले ५ विकेट लिए । त्यस्तै जस्प्रित बुम्राहले २ विकेट हात पारे ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]