8 years ago
September 4, 2017
मुम्बई (एजेन्सी) – भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले आइपिएलको टेलिभिजन र डिजिटल अनुमती वापत ‘स्टार इन्डिया’ बाट १६ हजार ३ सय ४७ करोड भारती यरुपैंया (२.५५ बिलियन अमेरिकी डलर) प्राप्त गर्ने भएको छ । सन् २०१८ देखी २०२२ सम्मको सम्झौता क्रिकेटको इतिहासमा टेलिभिजन राइट्स वापतको कीर्तिमानी सम्झौता हो ।

लिलामीमा आधारित बोलीमा सबै भन्दा धेरै रकम सहित स्टार इन्डियाले सम्पूर्ण अधिकार खरिद गरेको हो । कुल २४ संस्थाले टेन्डरको कागजात खरिद गरेपनि १४ ले मात्र मुम्बईमा सम्पन्न लिलामीमा बोली लगाएका थिए ।
भारत , अमेरिका, यूरोप , मध्य पूर्व, अफ्रीका र अन्य क्षेत्रको टेलिभिजन प्रसारण अधिकार तथा भारतमा डिजिटल प्रसारण गर्ने अधिकार गरेर छुट्टा छुट्टै ७ विधामा भएको लिलामीमा एकमुस्ट १६ हजार ३ सय ४७ करोड बोली लगाएपछि स्टारले आफ्नो पक्षमा नतिजा पाएको थियो । छुट्टा छुट्टै विधा गरेर आएको बोलीले कुल १५ हजार ८ सय १९ करोड हुनेभएकाले स्टारले एकमुस्ट अधिकार पाएको हो ।
स्टारले लगाएको बोली अघिल्लो पटकको भन्दा १ सय ५९ प्रतिशतले बढी हो । यसअघि सोनीले ९ वर्षको लागि १.६३ बिलियन डलरमा टेलेभिजन राइट्स खरिद गरेको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]