8 years ago
September 7, 2017
चित्तगोङ्ग (एजेन्सी)– अस्ट्रेलियाले बंगलादेशसँगको दुई टेस्ट क्रिकेटको श्रृखंलामा १–१ को बराबरी गरेको छ । पहिलो टेस्ट गुमाएपनि आज दोस्रो टेस्ट ७ विकेटले जित्दै अस्ट्रेलियाले श्रृखंलामा बराबरी गरेको हो ।

नाथन लियोनको अफ स्पिन अगाडि बंगलादेशी ब्याट्सम्यान निरिह सावित भए । पहिलो इनिङ्ससमा ७ विकेट लिएका उनले दोस्रो इनिङ्ग्समा ६ विकेट लिएपछि अस्ट्रेलियाले ८६ रनको झिनो लक्ष्य पछ्याएको थियो ।
पहिलो इनिङ्समा बंगलादेशलाई ३ सय ५ रनमा रोकेको अस्ट्रेलियाले डेभिड वार्नरको शतकको मद्दतले ३ सय ७७ बनाएको थियो । बंगलादेशलाई १ सय ५७ रनमा सिमित गर्दै ८६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ३ विकेटको क्षेतिमा जित हासिल गरेको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]