8 years ago
September 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आयोजना हुने एसिसी यू १९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली युवा टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । थाइल्यान्डसँग सोमबार प्रतिस्पर्धा गर्दै नेपालले एसिसी एसिया कप छनोटका रुपमा रहेको प्रतियोगिताको यात्रा सुरु गर्नेछ ।
दीपेन्द्र सिंह ऐरीको कप्तानी रहेको टोलीले त्यसपछि नेपालले भदौ २८ मा भुटान र भदौ २९ मा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । दुई समूहका समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । अर्कोको समूहमा समुह आयोजक मलेसिया, हंङकङ ,चीन र म्यानमार छन् । फाइनल पुग्ने दुई टोली एसिया कपका लागि छनोट हुनेछन् ।
युवा टोलीका प्रशिक्षक विनोद दासले एसिया कपमा छनोट हुने विश्वास व्यक्त गरेका छन् । ‘केही समयका लागि भएपनि मोन्टी देशाईको प्रशिक्षणले खेलाडीहरुको ब्याटिङमा सुधार भएको छ । त्यसले हाम्रो ब्याटिङ लाइन अपले सुधारिएको प्रदर्शन गर्ने आशा छ’ मलेसिया जानुअघि प्रशिक्षक दासले भने, ‘समग्रमा तयारी राम्रो भएको छ । हाम्रो लक्ष्य भनेको एसिया कपका लागि छनोट हुनु हो । हामी सफल हुनेमा आशावादी छौं ।’
यू १९ नेपाली टोली
१.दिपेन्द्र सिंह ऐरी -कप्तान
२.सन्दीप लामिछाने
३.मोहम्मद आसिफ शेख
४.सन्दिप सुनार
५.प्रनित थापामगर
६.अनिल कुमार शाह
७.पवन सर्राफ
८.रोहित कुमार पौडेल
९. किशोर महतो
१०.शाहव आलम
११.नन्दन यादव
१२.बिक्रम कुमार भुषाल
१३.सन्दिप जोरा
१४.सुमित महर्जन
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]