8 years ago
September 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट प्रिमियर लिग –इपिएल) का मालिक, शहर र मार्की खेलाडीको नाम सार्वजनिक गरिएको छ । आयोजक इपिएल प्रालिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागिता जनाउने शहर, मालिक र मार्की खेलाडीको नाम सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा आयोजक इपिएपलका प्रमुख आमिर अख्तर र राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा (बायाँ) । तस्बिर- विवेक सुवेदी/हाम्रो खेलकुद
डिसेम्बरमा हुने सर्वाधिक राशिको क्रिकेट प्रतियोगितामा ६ टोली काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्ल्याडियटर, पोखरा राइनोज र चितवन टाइगर्स रहेका छन् । काठमाडौं किङ्सका मालिकमा रोहित गुप्ता छन् । ललितपुर प्याट्रिओट्सका मालिक किशोर महर्जन, भैरहवा ग्ल्याडियटरका मालिक आदित्य सांघाइ, विराटनगर वारियर्सका मालिक विशाल अग्रवाल, पोखरा राइनोजका मालिक साहिल अग्रवाल र चितवन टाइगर्सका मालिक किशोर भट्टराई रहेका छन् ।
मार्की खेलाडी काठमाडौं किङ्स इलाभेनमा सोमपाल कामी, ललितपुर प्याट्रिओट्समा राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, भैरहवा ग्ल्याडियटरमा शरद भेषवाकर, विराटनगर वारियर्समा राष्ट्रिय टिमका कप्तान पारस खड्का छन् । यस्तै पोखरा राइनोजको मार्की खेलाडीमा भेट्रान स्पिनर शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की खेलाडीमा युवा ब्याट्सम्यान दीपेन्द्र ऐरी छन् ।
मार्की खेलाडीले पारिश्रमिकका रुपमा न्युनत्तम २ लाख रुपैयाँ पाउनेछन् । खेलाडीहरुको अक्सन विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत हङकङविरुद्धको खेलपछि गरिने इपिएलका संस्थापक आमिर अख्तरले जानकारी गराए ।
नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले इपिएल नयाँ संरचनामा हुन लागेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्दै यस्ता खालका प्रतियोगिताले नेपाली क्रिकेट विकासमा सहयोग पुग्ने बताए । उनले पहिलो पटक मार्की खेलाडी बनेका युवा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीको तारिफ गर्दै उनले यस प्रतियोगितामा आफुलाई प्रमाणित गर्ने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा सहभागी टोलीले एक विदेशी अनिवार्य सहित १५ जना खेलाडी राख्न पाउने प्रावधान बनाएको छ । प्रत्येक टोलीमा १० जना खेलाडी अक्सनबाट छनोट हुने आयोजकले यसअघि नै घोषणा गरिसकेको थियो ।
इपिएलको अघिल्लो महिना मात्रै सर्वाधिक पुरस्कार राशी २१ लाख तथा प्रतियोगिताको लोगो सार्वजनिक गरिएको थियो । यस्तै एपिएलले एक साताअघि एपिवान टेलिभिजनसँग प्रसारण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]