8 years ago
September 9, 2017
मुम्बई (एजेन्सी) – श्रीलंकामाथि उसैको मैदानमा टेस्ट, एक दिवसिय र टि ट्वान्टीमा शानदार जित हासिल गरेर भारतीय क्रिकेट टोली अस्ट्रेलिया र न्यूजिल्यान्डलाई चुनौति दिने तयारीमा जुटेको छ ।

भारतले घरेलु मैदानमा अस्ट्रेलिया र न्यूजिल्यान्डसँग गरि ८ एक दिवसिय र ६ वटा टि ट्वान्टी क्रिकेट खेल्ने तालिका भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले सार्वजनिक गरेको छ ।
सेप्टेम्बेर १७ मा अस्ट्रेलियाले पहिलो एक दिवसिय खेलमा भारतको सामना गर्नेछ । त्यसअघि सेप्टेम्बेर १२ मा अस्ट्रेलियाले एउटा अभ्यास खेल खेल्नेछ । अस्ट्रेलियाले भारतसँग ५ एक दिवसिय क्रिकेट श्रृखंला र ३ वटा टि ट्वान्टी क्रिकेट खेल्नेछ ।
त्यस्तै २ वटा अभ्यास खेल खेलेपछि अक्टोबर २२ मा न्यूजिल्यान्डले भारतीय भूमिमा पहिलो एक दिवसिय खेल्नेछ । भारत र न्यूजिल्यान्डबीच ३ एक दिवसिय श्रृखंला र ३ वटा टि ट्वान्टी क्रिकेट हुने बिसिसिआईले जनाएको छ ।
भारत विरुद्ध अस्ट्रेलिया
सेप्टेम्बेर १२: वर्म अप खेल
सेप्टेम्बेर १७: पहिलो ओडिआई
सेप्टेम्बेर २१: दोस्रो ओडिआई
सेप्टेम्बेर २४: तेस्रो ओडिआई
सेप्टेम्बेर २८: चौथो ओडिआई
अक्टोबर १: पाँचौ ओडिआई
अक्टोबर ७: पहिलो टी-२०
अक्टोबर १०: दोस्रो टी-२०
अक्टोबर १३: तेस्रो टी-२०
भारत विरुद्ध न्यूजिल्याण्ड
अक्टोबर १७ : वर्म अप खेल
अक्टोबर १९ : वर्म अप खेल
अक्टोबर २२ : पहिलो ओडिआई
अक्टोबर २५ : दोस्रो ओडिआई
अक्टोबर २९ : तेस्रो ओडिआई
नोभेम्बर १ : पहिलो टी-२०
नोभेम्बर ४ : दोस्रो टी-२०
नोभेम्बर ७ : तेस्रो टी-२०
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]