default_image

8 years ago

September 9, 2017

माछापुच्छ्रे शीर्षस्थानमा – भिएम वारियर्सको पहिलो जित

145 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – माछापुच्छ्रे लायन्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । एमसीसी क्रिकेट मैदान नदीपुरमा शनिबार भएको समूह चरणको तेस्रो खेलमा माछापुच्छ्रे लायन्सले पर्वत टाइटन्सलाई ४४ रनले पराजित गर्दै आफ्नो शीर्षस्थानमा उक्लन सफल भएको हो ।

MCl

जितसँगै माछापुच्छ्रे ६ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ तीन खेलमा दुईमा जित हात पारेको माछापुच्छ्रे एक खेलमा पराजित भएको थियो । ८५ रनको लक्ष्य पछ्याएको पर्वत टाइटन्स १५.३ ओभरमा अलआउट हुदै ४० रनमात्र बनाउन सक्यो । पर्वत टाइटन्सका सुरज श्रेष्ठले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेन । पर्वत टाइटन्सलाई सस्तैमा समेट्न माछापुच्छ्रेका शबी दुवेले ४ विकेट लिए । दिपेश खत्री र अभिषेक सिंह ठकुरीले समान २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको माछापुच्छ्रेले पुरै २० ओभरमा ७ विकेट गुमाएर ८४ रन बनाएको थियो ।

माछापुच्छ्रेका दिपेश खत्रीले २५ तथा २३ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेन । पर्वत टाइटन्सका एगेन्द्र छन्त्यालले २ विकेट लिए । यस्तै भिएम वारियर्स बाग्लुङले माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–२० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

एमसीसी क्रिकेट मैदान नदीपुरमा शनिबार भएको समूह चरणको दोस्रो खेलमा भिएम वारियर्सले डाउन टाउन लायन्स क्लबलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । डाउन टाउनले दिएको ८३ रनको लक्ष्य भिएम वारियर्सले १८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । भिएम वारियर्सको जितमा म्यान दि म्याच बनेको विजय बिकेले नटआउट ३४ रनको योगदान दिए । अनुप श्रेष्ठ १३ रनमा अविजित तथा किसन खड्का १४ रनमा आउट भए । डाउनटाउनका बिरु गुरुङले ४ विकेट लिएपनि टिमलाई जिताउन सकेन ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको डाउन टाउन १८.१ ओभरमा सबै विकेट गुमाएर ८२ रन बनाउन सक्यो । खराव शुरुवात गरेको डाउन टाउनको इनिङ्स मध्यक्रमका कृष्ण सेन र लाल बहादुर गुरुङले सम्हाल्ने प्रयास गरे । सेनले ३३ रन बनाए भने लाल बहादुर १६ रनमा आउट भए । डाउन टाउनलाई सस्तैमा समेट्न भिएम वारियर्सका सन्देश छन्त्याल, विजय बिके र तेजेन्द्र घर्तीमगरले समान २–२ विकेट लिए । माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको आयोजनामा जारी लिगमा ६ टोलिको सहभागिता रहेको छ । विजेताले ३ लाख पुरस्कार पाउने छन् । उपविजेताले २ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान १०–१० हजार प्राप्त गर्नेछन् ।

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

Success

Thank you for your time.