default_image

8 years ago

September 9, 2017

इङ्ल्यान्डलाई टेस्ट श्रृखंला , वेस्ट इन्डिज ९ विकेटले पराजित

127 views

0 Bookmark

लन्डन (एजेन्सी)– इङ्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको टेस्ट श्रृखंला २–१ ले जितेको छ । तेस्रो तथा अन्तिम टेस्ट ९ विकेटले जित्दै घरेलु टोलीले श्रृखंलामाथि कब्जा जमाएको हो । १ सय ७७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १ विकेटको क्षतिमा आवश्यक रन पुरा गरेको थियो ।

Anderson

जेम्स एन्डर्सनले खेल जीवनकै उत्कृष्ट प्रदर्शन गरेपछि घरेलु टोलीको जितको आधार तयार भएको थियो । दोसो इनिङ्समा वेस्ट इन्डिजलाई सस्तैमा समेट्न इङ्ल्यान्डका तीब्र गतिका बलर एन्डर्सनकोले ७ विकेट लिएका थिए । दोस्र इनिङ्समा वेस्ट इन्जिडले १ सय ७७ रनमा बनाएको थियो ।

तीन दिनमा सकिएको टेस्टको दोस्रा इनिङ्समा ओपनर एलेस्टर कुकलाई १७ रनमा गुमाएपनि मार्क स्टोनम्यान र टम वेस्टलीले टोलीलाई अविजित रहँदै जित दिलाए । स्टोनम्यानले ४० र वेस्टलीले ४४ रन बनाएका थिए ।

त्यसअघि वेस्ट इन्डिजले पहिलो इनिङ्समा १ सय २३ रन बनाउँदा इङ्ल्यान्डले १ सय ९४ रन बनाएपछि अग्रता लिएको थियो । बेन स्टोक्सले पहिलो इनिङ्समा सर्वाधिक ६० रन बनाएका थिए ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.