8 years ago
September 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – लगातार दोस्रो खेल जितेपछि नेपाली युवा टोली एसीसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । लगातार दोस्रो खेलमा फराकिलो जित हात पार्ने क्रममा नेपालले आज कमजोर भुटानलाई ९ विकेटको फराकिलो अन्तरले हराएको छ । नेपालले सोमबार पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनले हराएको थियो ।
भुटानले छाडेको ५१ रनको लक्ष्य नेपालले मात्र १ विकेटको क्षेतिमा भेट्टाएको थियो । नेपालले ८.३ ओभरमा लक्ष्य प्राप्त गरेको थियो । सन्दीप सुनार २१ रनमा आउट भए । आसिफ शेख २३ र अनिल शाह ४ रनमा अविजित रहँदा नेपालले खेल जितेको थियो । आसिफले २१ बलमा ३ चौका प्रहार गरे । सन्दीले २६ बलमा ४ चौका हाने । भुटानका लागि एकमात्र सफलता छिरिङ पेन्जोरले लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको भुटान लामो समय टिक्न सकेन । भुटानले २८ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमायो । कप्तान दीपेन्द्र सिंह ऐरी र सन्दीप लामाछिनेले ९ विकेट लिएका थिए । दीपेन्द्रले ५ विकेट र सन्दीपले ४ विकेट लिएका थिए । दीपेन्द्रले ८ ओभरमा २३ रन खर्चे भने सन्दीपले ७ ओभरमा ३ मेडनसहित ७ रनमात्र दिए । सन्दीपले थाइल्यान्डसँगको खेलमा ७ विकेट लिएका थिए ।
भुटानका उग्वेन डोर्जीले १३ र तासी फुन्त्सोले १६ रन बनाए भने अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानका चार ब्याट्सम्यानले रनको खाता समेत खोल्न सकेनन् ।
समुह ‘ए’ मा रहेको छ नेपाल र सिंगापुरले लगातार २ जित हासिल गरेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपाल र सिंगापुरबीच बिहिबार हुने खेलले समूह विजेताको टुंगो लगाउनेछ । पूर्व क्षेत्रको फाइनलमा पुग्ने दुई टोलीले एसिसी एसिया कप यू १९ मा प्रवेश पाउनेछन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]