default_image

8 years ago

September 13, 2017

डाउन टाउन माछापुच्छ्रे लिगको फाइनलमा

162 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – डाउन टाउन पोखरा लायन्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । एमसीसी क्रिकेट मैदान नदीपुरमा बुधबार भएको क्वालिफायरको पहिलो खेलमा पर्वत टाइटन्सलाई २ विकेटले पराजित गर्दै डाउन टाउन एमसिएल क्रिकेटको फाइनल पुगेको हो ।

वर्षा कारण मैदान बिग्रिएपछि १६ ओभरमा घटाइएको खेलमा पर्वतले १६ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो । पर्वतका अभिषेक थापाले २३, दिपेन रायमाझीले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । डाउन टाउनका बिरु गुरुङ, लाल बहादुर गुरुङ, प्रविन पाण्डे र हिमाल गाहाले समान २ विकेट लिए ।

७४ रनको लक्ष्य डाउन टाउनले १६ ओभरमै ८ विकेट गुमाएर पुरा गर्यो । डाउन टाउनका प्रविन पाण्डेले २७ तथा सुदिप पौडेलले १० रन बनाए । राजु तामाङ, राजु थापाले समान २ विकेट लिए । डाउन टाउनसँग पराजित भएको पर्वत टाइटन्सले छनोटको दोस्रो खेलमा माछापुच्छ्रे लायन्ससँग बिहिबार खेल्नेछ ।

माछापुच्छ्रे लायन्सले इलिमेटरको खेलमा भिएम वारियर्सलाई ८ विकेटले पराजित गर्दै अर्को चरणको लागि योग्य भएको हो । माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको आयोजनामा जारी लिगमा ६ टोलिको सहभागिता रहेको छ । विजेताले उपाधिसहित ३ लाख रुपैयाँ पाउनेछ । उप विजेताले २ लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान १० हजार प्राप्त गर्नेछन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.