8 years ago
September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले मलेसियामा जारी एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिता अन्तर्गत लगातार तेस्रो खेल जितेको छ । नेपाली युवा टोलीले आज समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई ७ विकेटले हराएको छ । अन्तिम चारमा यसअघि नै पुगेको नेपाल यो जितपछि समूह विजेता बनेको छ । सिंगापुर पनि यसअघि नै अघिल्लो चरण पुगिसकेको छ ।

६८ रनको लक्ष्य पछ्याएको नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर जित हासिल गरेको थियो । नेपालका लागि ओपनर सन्दीप सुनारले २०, अनिलकुमार शाहले १८ रन जोडे । अर्का ओपनर आसिफ शेख ६ रनमा आउट भए । सुमित महर्जन १० र सन्दीप जोरा ७ रनमा अविजित रहँदा नेपालले जित हासिल गरेको थियो । आसिफ र अनिलको विकेट अभि दिक्षितले लिएका थिए ।
भुटान र थाइल्यान्डमाथि सानदार जित दर्ता गरेको नेपालले आज टस जितेर ब्याटिङ रोजेको सिंगापुरलाई सस्तैमा अलआउट गरेको थियो । पवन सर्राफले ८ ओभरमा ४ मेडनसहित १२ रन खर्चेर ६ विकेट लिएपछि सिंगापुर २८.३ ओभरमा ६७ रन जोड्दै अलआउट भएको थियो । नेपालका लागि किशोर महतोले २ तथा सन्दीप लामिछाने र कप्तान दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिएका थिए ।
सिंगापुरका लागि सिद्धान्त र कप्तान आर्यमान सुनिलले समान २० तथा ओपनर रोहन रंगराजनले ११ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ५ खेलाडीले रनको खाता समेत खोल्न सकेनन् । समूह चरणमा नेपालले भुटानलाई ९ विकेट र त्यसअघि थाइल्यान्डलाई २ सय ५५ रनले हराएको थियो । थाइल्यान्डलाई ९२ रनले हराएको सिंगापुरले त्यसअघि भुटानलाई ९ विकेटले नै पराजित गरेको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]