8 years ago
September 14, 2017
पोखरा (हाम्रो खेलकुद) – पर्वत टाइटन्स पोखरामा जारी माछापुच्छे्र क्रिकेट लिग (एमसिएल) टी ट्वान्टी प्रतियोगिताको फाइनलमा पुगेको छ । एमसीसी क्रिकेट मैदान नदीपुरमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा माछापुच्छ्रे लायन्सलाई ५ विकेटले हराउँदै पर्वत उपाधि नजिक हो ।
अब पर्वतले उपाधिका लागि डाउन टाउन पोखरा लायन्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ । डाउन टाउनले यसअघि पर्वत टाइटन्सलाई नै पराजित गर्दै फाइनल पुगिसकेको छ । माछापुच्छ्रेले दिएको १ सय १९ रनको लक्ष्य पर्वतले १८ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।
पर्वतका शाहिल कार्कीले सर्वाधिक ३१, पारस लामिछानेले २७ रन बनाए भने अनिष जिसी १७ रनमा अविजित रहे । एगेन्द्र छन्तयाल र दीपक रायमाझीले समान १० रन बनाए । माछापुच्छ्रेका अभिषेक सिंह ठकुरी र निर्मल क्षेत्रीले समान २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको माछापुच्छ्रेले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । माछापुच्छ्रेका दिपेश खत्री ४० रनमा अविजित रहे । महेश रेग्मी ३८ र राजु खनाल १० रनमा आउट भए । पर्वतका राजु तामाङ र सन्तवान पौडेलले १/१ विकेट लिए ।
माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको आयोजनामा भदौं २० गतेबाट शुरु भएको प्रतियोगितानमा गण्डकी अञ्चलका विभिन्न ६ क्लबले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख रुपैयाँ पाउनेछ । उप विजेताले २ लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान १० हजार प्राप्त गर्नेछन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]