default_image

8 years ago

September 16, 2017

नेपाल सामु मलेसियाको १२२ रनको लक्ष्य

126 views

0 Bookmark

काठमाडौँ (हाम्रोखेलकुद)- एसिसी यू-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा नेपालले टस जितेर बलिङ्ग गर्ने निर्णय गर्दै मलेसियालाई १२१ रनमा रोकेको छ। नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिएपछि मलेसिया ४२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२१मा खुम्चिएको हो। 

ब्याटिंग गर्ने निम्तो पाएर मैदानमा उत्रिएको मलेसियाका सुरुआती ब्याट्सम्यानहरु सम्हालियर खेल्ने प्रयास गर्ने पनि ठुलो स्कोर बनाउनबाट चुकेका थिए। मलेसियाका लागि ओपेनिंग ब्याट्सम्यान नलिन डी सिल्भाले सर्वाधिक ३९ रन जोडेका थिए भने बिरानदिप २५, हजालन १४ र शारियल १६ रन बनाउन सफल भए। अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक छुन सकेनन्।

नेपालका लागि सबैभन्दा सफल बलर कप्तान दिपेन्द्र भए। उनले ८ ओभरमा २९ रन खर्चदै ५ विकेट लिन सफल भए। नेपालका लागि अन्य बलरहरु पवन सराफले २ तथा रोहित कुमार पौडेल, सहाब आलम र सन्दिप लामिछानेले १-१ विकेट लिन सफल भए।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.