default_image

8 years ago

September 16, 2017

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिसी यू १९ पूर्वी क्षेत्रको क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आयोजक मलेसियालाई १० विकेटले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । १ सय २२ रनको लक्ष्य पछ्याएको नेपालले २३.१ ओभरमा विना विकेटको क्षति जित हासिल गरेको हो ।

ओपनरद्वय अर्धशतक पुरा गरेपछि नेपालले सहज जित हासिल गरेको थियो । आसिफ शेखले ५० र सन्दीप सुनार ५१ रनमा अविजित रहे । ६५ बल खेलेका आसिफले ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै सन्दीपले ७७ बलमा ८ चौका प्रहार गरे । त्यसअघि नेपालले टस जितेर मलेसियालाई ब्याटिङको निम्तो दिएको थियो ।

नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले कसिलो बलिङ गरेपछि मलेसियाले ४२ ओभरमा सबै विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।
नेपालका लागि सबैभन्दा सफल बलर दीपेन्द्र रहे । उनले ८ ओभरमा २९ रन खर्चदै ५ विकेट लिएका थिए । पवन सर्राफले २ तथा रोहित कुमार पौडेल, सहाब आलम र सन्दिप लामिछानेले समान १ विकेट लिएका थिए ।

मलेसियाका लागि ओपनर ब्याट्सम्यान नलिन डी सिल्भाले सर्वाधिक ३९ रन जोडे । बिरानदिप जगजित सिंहले २५, मोहम्मद शारियल अइजतले १६, अमर हजालनले १४ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.