default_image

7 years ago

September 20, 2017

वेस्ट इन्डिजमाथि इङ्ल्यान्डको जित

म्यानचेस्टर (एजेन्सी)– टोलीमा पुनरागमन गरेका ओपनर ब्याट्सम्यान जोनी बैरस्टोले शतक प्रहार गरेपछि घरेलु मैदानमा गए राती इङ्ल्यान्डले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ । ५ एक दिवसीय क्रिकेट शृंखलामा घरेलु टोलीले १–० को अग्रता बनाएको हो ।   यो खेल गुमाएपछि वेस्ट इन्डिजले २०१९ को विश्व कपमा सोझै स्थान बनाउने सम्भावना गुमाएको छ । […]

25 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– टोलीमा पुनरागमन गरेका ओपनर ब्याट्सम्यान जोनी बैरस्टोले शतक प्रहार गरेपछि घरेलु मैदानमा गए राती इङ्ल्यान्डले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ । ५ एक दिवसीय क्रिकेट शृंखलामा घरेलु टोलीले १–० को अग्रता बनाएको हो ।

 

Jonny

जोनी बैरस्टो

यो खेल गुमाएपछि वेस्ट इन्डिजले २०१९ को विश्व कपमा सोझै स्थान बनाउने सम्भावना गुमाएको छ । अब विश्व कप खेल्न वेस्ट इन्डिजले छनोट खेल्नु पर्ने हुन्छ । वेस्ट इन्डिजको हारले श्रीलंकाले भने विश्व कपमा सोझै प्रवेश पाएको छ ।

बर्षाले ४२ ओभरमा छोट्याइएको खेलमा घरेलु टोलीले ३०.५ ओभरमा २ सय ५ को लक्ष्य प्राप्त गरेको हो । बैरस्टोले खेल जीवनको एक दिवसीय शतक पुरा गरेपछि इङ्ल्यान्ड जित निकालेको हो । उनले ९७ बलको सामना गर्दै ११ चौका प्रहार गरेका उनको अविजित सय रन बनाएका थिए ।

३१ रनमा पहिलो विकेट गुमाएपनि जो रुट र बैरस्टोबीचको शतकीय साझेदारी बनेपछि इङ्ल्यान्डको जित सहज बनेको थियो । उनीहरुबीच १ सय २५ रनको साझेदारी हुँदा रुटले ५४ रन बनाए । २४ रनमा अविजित रहेका बेन स्टोक्सले छक्का प्रहार गर्दै इनिङसको समाप्ती गरेका थिए । वेस्ट इन्डिजका केस्रिक विलियम्सले २ र जेरा्ेम टेलरले पनि विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको वेस्ट इन्डिजले ४२ ओभरमा ९ विकेटको क्षेतिमा २ सय ४ रन बनाएको थियो । क्रिस गेलले ३ छक्का प्रहार गर्दै राम्रो सुरुआत दिलाएपनि ५३ रन जोड्दा वेस्ट इन्डिजले दुवै ओपनर गुमाएको थियो । शाइ होपले ३५ रन जोडे भने कप्तान जेसन होल्डर ४१ रनमा अविजित रहे । इङ्ल्यान्डका लागि स्टोक्सले ३, अदिल राशिद र क्रिस वोक्सले समान २ तथा मोइन अलि र डेभिड विल्लीले समान १ विकेट लिए ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.