काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीका महत्वपूर्ण ब्याट्सम्यान शरद भेषावकरले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्ध शुक्रबार र आइतबारका दुवै खेल गुमाउने पक्का भएको छ ।
अस्वस्थताका कारण शरदले खेल गुमाउने जानकारी नेपाली क्रिकेट टोलीका टेक्निकल एनेलिस्ट रमण शिवाकोटीले जानकारी दिएका छन् ।
यसअघिको इकान्तिपुरको जानकारी अनुसार शरदलाई अत्याधिक ज्वरो आएको छ । हाल हङकङमा अन्य टोलीका सदस्यसँगै रहेका शरदलाई १ सय १ डिग्रीको ज्वरो आएको छ । शरदको स्थान नेपाल आर्मीका खेलाडी नरेश बुढाऐरले भर्ने छन् । उनी शुक्रबार बिहान हङकङ पुग्नेछन ।